७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १६ १७:०२ बजे

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सङ्घीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत  सङ्घीय सरकारले  ६ वटा महानगरपालिकासहित ११ वटा उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७५३ वटै स्थानीय तहलाई राजस्व बाँडफाँड तथा अनुदान बापत उक्त रकम उपलब्ध गराएको हो । 

यस्तो वित्तीय हस्तान्तरण समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षका उपलब्ध गराइनेछ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुसार यो वर्ष ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड ९८ लाख रुपैयाँ पाएको छ भने ११ वटा उपमहानगरपालिकाले १० अर्ब ४२ करोड २२ लाख रुपैयाँ, २७६ नगरपालिकाले १ खर्ब ३१ अर्ब २१ करोड ४३ लाख रुपैयाँ र ४६० वटा गाउँपालिकाले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख रुपैयाँ अनुदान पाएका छन् । 

२०८० ज्येष्ठ १६ १७:०२ बजे

प्रतिक्रिया