महोत्तरीमा एनएमबि बैङ्कबाट दिनदहाडै हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटियो 

उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १६ १४:२५ बजे

काठमाडौँ । महोत्तरीमा एनएमबि बैङ्कमा दिनदहाडै लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैङ्कको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको  हो । 

हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी जानकारी दिए । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन । 

२०८० ज्येष्ठ १६ १४:२५ बजे

प्रतिक्रिया