सरकारको आर्थिक सर्वेक्षण, आर्थिक वृद्धिदर कम हुने (पूर्ण पाठसहित) 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १४ १५:५२ बजे

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९–८०  को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान गरिएको  छ । आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने सरकारको अनुमान छ । ऊर्जा उत्पादनमा वृद्धि भएको कारण विद्युत्, ग्यास, वाष्प र वातावरण नुकुलित क्षेत्रको उत्पादन भने १९.० प्रतिशतले विस्तार हुने अनुमान सरकारको रहेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा ५।२६ प्रतिशत रहेको थियो ।

यस्तै चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर बढ्ने अनुमान गरिएको छ । ‘यस अवधिमा कृषि र गैर कृषि क्षेत्रको वृद्धिदर २.७३ प्रतिशत र १.९२ प्रतिशत रहने अनुमान सरकारको रहेको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर क्रमशः २.२४ प्रतिशत र ६.५६ प्रतिशत रहेको थियो’, सर्वेक्षणमा भनिएको छ।

पूर्ण पाठसहित स् 

 

२०८० ज्येष्ठ १४ १५:५२ बजे

प्रतिक्रिया