शिवम् सिमेन्ट्सको नाफामा भारि गिरावट

शिवम् सिमेन्ट्सको नाफामा भारि गिरावट

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३० १२:०७ बजे
शिवम् सिमेन्ट्स

काठमाडौं ।  शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वितिय विवरण सार्वजनिक गरेको छ । कम्पनिको  खुद नाफा ५१.१९ प्रतिशतले घटेर ६८ करोड ९३ लाख रुपैयाँ पुगेको छ  । गत वर्ष यसै अवधिमा भने १ अर्ब ४१ करोड २६ लाख रुपैयाँ नाफा रहेको थियो । यस कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी ९ अर्ब ६१ करोड ५४ लाख ३२ हजार रुपैयाँबाट घटेर ९ अर्ब २६ करोड ३ लाख ८१ हजार रुपैयाँमा कायम भएको छ ।

यस त्रैमासमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ।  कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा रहेको छ ।

यस त्रैमासमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ।  कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा रहेको छ ।

कम्पनीको अन्य आम्दानी ४५ ४ करोड ५२ लाख ३४ हजार रुपैयाँबाट बढेर १९ करोड ६ लाख ७० हजार रुपैयाँमा कायम भएको छ । यसको कच्चा पदार्थको खपतमा भएको खर्च ३ अर्ब ८० करोड ४० लाख ८६ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, विद्युत तथा उर्जाको खर्च २ अर्ब १० करोड रुपैयाँबाट बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने अन्य खर्च १ अर्ब ८ करोड ४९ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

२०७९ साउन ३० १२:०७ बजे

प्रतिक्रिया