सेयर बजारमा निरन्तर सुधार 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १० १५:५४ बजे

काठमाडाैँ । लगातार उकालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से साताको चौथो दिन आज बुधवार पनि सामान्य अङ्कले उकालो लागोको छ । नेप्से आज उतार चढावका बिच सामान्य अङ्कले उकालो लागेको हो । 

 आज नेप्से परिसूचक १६.४९ अङ्कले उकालो लागेको हो आज नेप्से उकालो लागेसँगै १९५९.१२ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ३.५८ अङ्कले, फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अङ्कले उकालो लागेको छ । 

 आज नेप्से सामान्य अङ्कले  उकालो लागे पनि कारोबार भने गएको दिन भन्दा कम भएको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज २७० स्टकको ३४ हजार ८४१ पटकको कारोबारमा १ बर्अ ८७ करोड ३० लाख रुपैयाँ बराबरको ४८ लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई कम्पनिको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र यनिलिभर नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। शिवम् सिमेन्ट्स, ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स र सोल्टी होटलको सेयर मूल्य ६ प्रतिशतभन्दा  धेरैले उकालो लागेको छ ।  आज १०१ स्टकको मूल्यमा भने गिरावट आएको छ।सानिमा इक्विटी फण्डको इकाई मूल्य सर्वाधिक ३।७७ प्रतिशत  ओरालो लागेको छ । 

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेशनल लाइफ इन्स्योरेन्सको करिब ८ करोडको शेयर कारोबार भएको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुकक्लोज गर्दै छ।

आज १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६९ प्रतिशत बढेको छ। त्यसै गरी, आज होटेल तथा प्रशोधन उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ ।भने, लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

२०८० ज्येष्ठ १० १५:५४ बजे

प्रतिक्रिया