योजनाहरुमा गुणस्तर तथा स्टिमेट अनुसार नदेखिएमा रोकी पुर्ननिर्माण गर्न लगाएकी छु- विमला महता

समाज पुरुष प्रधान मानसिकताबाट ग्रसित रहेकाले अझै पनि महिलालाई नेता स्वीकार गर्न हिचकिचाउने मनोभावना रहेको पाईन्छ।

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ७ १५:१८ बजे

 डडेल्धुरा।  डडेल्धुराको  ठुलो नगरपालीकाको रुपमा रहेको परशुराम नगरपालीकामा नेकपा(माओवादी केन्द्र) वाट  उपमेयर पदमा निर्वाचित भइ काम गरि रहुन भएका उपमेयर बिमला महता सँग  उपमेयर पदको काम र दायित्वको सन्दर्भमा बिम्ब अनलाइनका सम्वादाता ले उहाँ सँग को भेटमा गरेको कुराकानीका सम्पादीत अँशहरु

तपाइ उपमेयर पदमा निर्वाचित भएको करिव १ वर्ष व्यतित भएको छ। कस्तो अनुभव र अनुभुति गर्नु भएको छ?

हो, मलाई यो पदमा निर्वाचित भएको १ वर्ष पूरा भएको छ । यो एक वर्षको समयमा मैले आफूलाई जिम्मेवार भएको अनुभव गरेकी छु । सार्वजनिक पदभार गरी सकेपछि कयौ सम्भावना र चुनौतीहरु आइ पर्दा रहेछन । जनताका पिडाहरुमा मल्हम लाउने सम्भावना पूरा गर्न सकिन्छन भने कतिपय हाम्रो नगरको बजेट र पहुच भन्दा बाहिर तर जनताका प्रत्यक्ष सरोकार संग जोडिएका समस्याहरु समाधान गर्नु पर्ने चुनौतीहरु देखा पर्दा मैले आफूलाई सम्भावना र चुनौतीको संवाहकको रुपमा रहेका कुरा अनुभूती गरेकी छु ।

समाज र पार्टी तहमा महिला लाइ नेताको रुपमा स्वाकार गर्ने मनोभाव के कस्तो छ?

समाज हिजो देखि पुरुष प्रधान मानसिकताबाट ग्रसित रहेकाले अझै पनि महिलालाई नेता स्वीकार गर्न हिचकिचाउने मनोभावना रहेको पाईन्छ तर म आवद्ध रहेको पार्टीमा भने समावेसीको निमित्त पार्टी जहिले पनि अग्रपंक्तिमा उभिने गरेकाले महिलालाई नेता स्वीकार गर्नेमा कुनै किसिमको कसर नरहेको मनोभाव रहेको छ ।

नगरपालीको मातहतमा रहेको जोगवुडा अस्पतालको सेवा प्रवाह लाइ लिएर  सेवाग्राहिहरु वाट धेरै पटक विवाद किन आउछ ? समाधान के हो?

हो, तपाईले भने जस्तै हाम्रो नगरपालिका अन्तरगत रहेको जोगबुडा अस्पतालको सेवा प्रवाहलाई लिएर पटक पटक विवादहरु आएको कुरा सर्व विदितै छ । अस्पतालको प्रशासनिक कमजोरी, विरामीको अवस्था र रिफर गर्ने वा सेवा प्रवाह गरि राख्ने भन्नेमा तार तम्यता नमिल्नु र हाम्रो पनि अनुगमन र नियमनको पाटोमा फितलो हुनु अर्थात उहाँहरु आफ्नो कार्य सम्पादन गरी हाल्छन भन्नेमा बिश्वस्त हुनुको कारण बाट कमजोरी भई विवाद आउछन र यसको समाधानको निमित्त हामीले अनुगमनमा जोड दिने, त्यहाका कर्मचारीको जिम्मेवारीमा हेरफेर गर्ने प्रशासनिक कामलाई चुस्त दुरुस्त राख्ने र अस्पतालमा सुविधाको बढोत्तरी गर्ने योजना बनाएका छौ ।

नगरपालीकाको निर्णयमा महिला र पुरुषको पदाधिकारीको भुमिका मा के फरक छ ? महिलाको मत लाइ कतिको स्वाकार गर्दछन?

निर्णयमा महिला र पुरुष पदाधिकारीको भूमिकामा फरक छैन यद्धपि महिला कार्यपालिका सदस्यहरु पुरुषको तुलनामा आ आफ्ना कुराहरु राख्ने कुरामा केही कमि हुन सक्छ तर उहाँहरु पनि भूमिका विहिन हुने अवस्था भने छैन । अनि महिलाको मतलाई मज्जाले स्वीकार गर्दछन । 

 नगरपालीकाको योजनाको अनुगमन निरिक्षण कति गर्नु भएको छ ? नगरभित्रका योजनामा गुणस्तरिता कतिको पाउनु भएको छ? कुनै योजनामा कार्वाही पनि गर्नु भएको छ की ?

योजना अनुगमनको संयोजक नै म भएकोले मैले हेर्नु पर्ने अन्तरगत रहेका सबै योजनाको अनुगमन गरिदै आएको छु । प्राविधिक सहितको टोली समाहित गरेर अनुगमन गरिन्छ। त्यसको स्टिमेट र गुणस्तर प्राविधिकको सल्लाह र आफूले बुझ्न सकिने जति बुझिन्छ र गुणस्तरियता पाइएको छ । कुनै योजनाहरुमा गुणस्तर तथा स्टिमेट अनुसार भएका नदेखिएमा रोकी \रोक्न लगाई पुर्ननिर्माण गर्न लगाएका छौ त्यस्तो किसिमको कार्वाहीहरु छिटपुट हुने गरेका छन 

नगरपालीका को न्यायिक समितिमा कति मुद्दाको सम्पादन गर्नु भएको छ ? मुद्दाका पक्षले तपाइको भुमिका लाइ कतिको स्वीकार गर्दछन ?

न्यायिक समितिमा मासिक २\३ वटा मुद्धाको सम्पादन गर्ने गरेकी छु । मेरो नगरपालिकामा कानुनी सल्लाहकारको रुपामा अधिवक्ता कर्मचारी नै नियुक्ति भएकाले मलाई मुद्धाको सम्पादन गर्न सहज हुने गरेको छ ।  कतिपय आफ्नै समाज भित्रका मुद्धाहरु तथा हाम्रो क्षेत्राधिकार भन्दा बाहिरका मुद्धाहरुका कारणले पनि कार्य सम्पादनमा कठिनाईहरु पनि देखापर्छन । मुद्धाका पक्षहरुले मेरो भूमिकालाई भने स्वीकार्ने गरेका छन किनकि म मुद्धामा कुनै किसिमको आग्रह पुर्वाग्रह नहेरी बास्तविकता र कानुन संम्वत कुरामा जोड दिन्छु ।

तपाइको अन्य केहि भन्नु छ की ?

म बिम्व अनलाइन लाई हृदयको गहिराई बाट धन्यवाद दिन चाहन्छु किनकि तपाईले मेरो अनुभवलाई  जनताहरुको माझमा राख्ने अवसर दिनु भएको छ। धन्यवाद ।


२०८० ज्येष्ठ ७ १५:१८ बजे

प्रतिक्रिया