सरकारले पालिकामा सित भण्डारण स्थापना, पुँजी बजार सुधार र किसानलाई वाटरपम्प र ट्युबेल निःशुल्क गर्ने

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ५ १६:५८ बजे

काठमाडौँ । सरकारले कृषि उत्पादन र प्रवर्द्धनमा विशेष महत्त्व दिँदै प्रत्येक पालिकामा एक एक वटा सितभण्डारणसहित उत्पादन केन्द्र बनाउने जनाएको छ ।

राष्ट्रपति राम चन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षको बजेटमार्फत दुर्गम क्षेत्रमा खाद्यान्नको सहज आपूर्तिसहित खाद्यान्न भण्डारणको क्षमता वृद्धि गर्ने जनाएका हुन् । 

कृषि उत्पादन, मल बिउ बिजनको सहज उपलब्धतासहित कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने सरकारले नीति रहेको पौडेलले बताए ।  

भूमिको चक्लाबन्दीलाई विशेष प्रोत्साहन गरिने समेत सरकारले पौडेलले बताए । 

सरकारले विद्युतीय खरिद प्रक्रियालाई बढवा दिने

सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रणालीलाई प्राथमिकतामा राख्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले विद्युतीय खरिद प्रक्रियालाई प्राथमिकतामा राख्ने घोषणा गरेका छ । 

पौडेलले भने, विद्युतीय खरिद प्रक्रियालाई अनिवार्य गर्दै लगिने छ ।’ यस्तै, सबै सरकारी काममा सार्वजनिक खरिद प्रक्रियालाई थप कडाइ गर्नुका साथै व्यवस्थित समेत गर्ने योजना सरकारले बनाएको राष्ट्रपति पौडेलले बताए ।

पुँजी बजार सुधार गर्न

 सरकारले आगामी आर्थिक वर्षमा पूँजीबजारको विकासलाई समेत प्राथमिकतामा राखेको छ । पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूँजीबजारको विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन् ।

उनले यसका लागि संरचनागत सुधार गर्ने घोषणा गरे । यस्तै, पूँजीबजारमा गैर आवासीय नेपालीको लगानीलाई खुला गर्ने, वैदेशिक रोजगारीमा गएकाहरुलाई वैदेशिक ऋण पत्र खुला गर्ने सम्मका योजना सरकारले बनाएको छ ।

साना किसानलाई वाटरपम्प र ट्युबेल निःशुल्क

सरकारले साना किसानलाई सिँचाइका लागि निःशुल्क वाटरपम्प तथा ट्युबेल वितरण गर्ने भएको छ । 

सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तराईमा सिँचाइ नपुग्ने स्थानमा नमुना आयोजनाको सम्भावना अध्ययन गरिने समेत बताएका छन् ।


२०८० ज्येष्ठ ५ १६:५८ बजे

प्रतिक्रिया