सेयर बजारमा छायो हरियाली, कारोबार रकम १ अर्ब भन्दा बढी 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ४ १५:३४ बजे

काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से तीन दिन यता भने लगातार उकालो यात्रामा रहेको छ । आज (बिहिबार) नेप्से भारी अङ्ककासाथ उकालो लागेको हो । आज नेप्सेसँगै कारोबार रकम पनि उकालो लागेको छ । नेप्से आज उकालो लागिरहँदा कारोबार रकम भने एक अर्ब नाघेको छ ।

साताको अन्तिम कारोबारकाे दिन नेप्से परिसूचक ३२.३० अङ्कले उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै १८७७.३२ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ५.२३ अंकले, फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अंक उकालो लागेको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.७५ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ३.७१ प्रतिशत बढेको छ भने विकास बैङ्क, वित्त, जलविद्युत, जीवन बिमा र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

आज कारोबारमा आएका २६४ स्टकको ३२ हजार ५७९ पटकको कारोबारमा १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको ४४ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज  हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबार रकमका आधारमा नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसै गरी, यस दिन शिवम् सिमेन्ट्सको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

२०८० ज्येष्ठ ४ १५:३४ बजे

प्रतिक्रिया