लामो दुरीको गाडी भाडा घट्यो

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३ १०:०२ बजे

काठमाडौँ । डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेसँगै सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटे लगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडा दर सार्वजनिक गरेको हो ।

इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तर पालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ ।


 

२०८० ज्येष्ठ ३ १०:०२ बजे

प्रतिक्रिया