लिटरमै १० रुपैयाँले घट्यो डिजेल र मट्टितेलको मूल्य  

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २ २०:१२ बजे

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

अब डिजेल र मट्टितेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रुपैयाँ कायम भएको छ । यसअघि १६५ रुपैयाँ प्रतिलिटरमा डिजेल र मट्टितेल बिक्री हुँदै आएको थियो ।

 

२०८० ज्येष्ठ २ २०:१२ बजे

प्रतिक्रिया