मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछि बजार भारी अङ्कले ओरालो 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३१ १६:०७ बजे
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

काठमाडौँ । लगातार ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से आज सातको पहिलो कारोबारको दिन आइतबार पनि भारी अङ्कले ओरालो  लागेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा  पछि बजार भारी अङ्कका आज ओरालो लागेको हो । 

कारोबारको पहिलो दिन आज नेप्से १६.६९ अङ्कले ओरालो लागेको हो । आज नेप्से ओरालो लागेसँगै १८२१.६४ को विन्दुमा पुगेको छ । बजार निरन्तर ओरालो लागिरहँदा कारोबार रकम पनि निरन्तर ओरालो लागिरहेको छ । 

नेपाल राष्ट्र बैङ्कले गत शुक्रवार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको थियो। प्रत्यक्ष रूपमा समीक्षाले सेयर बजारलाई सम्बोधन नगरेपछि बजार आज पनि भारी अंकाका साथ ओरालो लागेको हो । आज सेन्सेटिभ इण्डेक्स ३.५२ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अङ्क घटेको छ।

आज कारोबारमा आएका विभिन्न २६३ स्टकको २२ हजार ६८७ पटकको कारोबारमा ८९ करोड ९० लाख ९२ हजार रुपैयाँ बराबरको २७ लाख ८५ हजार कित्ता शेयर  कनिबेच भएका छन् ।

आज आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको सेयर मूल यस दिन ६६ रुपैयाँ १० पैसा बढेर ७२७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरूको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य आज  ६.३७ प्रतिशत ओरालो लागेको छ । 

कारोबार रकमका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ५ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कम्पनीले आज २५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो।

१३ उपसमूहमध्ये यस दिन लगानी उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक  ओरालो लागेको छ । आज लगानी उपसमूहको परिसूचक १.१३ प्रतिशत उकालो लागेको छ । कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२१ प्रतिशत ओरालो लागेको छ। 

२०८० वैशाख ३१ १६:०७ बजे

प्रतिक्रिया