मारमा धनगढीका व्यवसायीहरू , व्यापार हुँदैन भाँडा र व्याज बढेको बढ्यै

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३० १८:१७ बजे

काठमाडौँ । विभिन्न क्षेत्रका व्यापारीको पछिल्लो अवस्था निकै नाजुक रहेको छ । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लाको धनगढी बजार भने अहिले सुनसान रहेको छ । यहाँका व्यापारीहरू कोही बैङ्कको व्याज बुझाउन नसकेर त कोही घर भाडा तिर्ने नसकेर विचल्लीमा परेका छन् । यहाँ विगतमा सञ्चालनमा रहेको अधिकांश पसल र व्यवसायहरू अहिले बन्द रहेका छन् ।

आफूहरूको व्यापार नभएको तर घर भाडा र बैङ्कको व्याज निरन्तर बढी रहेकाले  व्यवसाय सञ्चालन गर्ने सक्ने अवस्था नरहेको व्यवसायीहरूको गुनासो रहेको छ । धनगढीमा अहिले प्राय सटरहरू खाली रहेका छन् । धनगढी बजारको रोड चौडा भएसँगै  सटहरूको भाडा बढेको छ । तर, व्यापार भने घट्दै गएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरूले आफ्नो व्यापार निरन्तर ओरालो लाग्दै जानुमा सबै क्षेत्रको हात रहेको त्यसेको समाधानका लागि सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् । 

विभिन्न उद्योगी व्यवसायीहरूको उपस्थितिमा ३५ वटा वस्तुगत सङ्घ, नाटा सुदूरपश्चिम, नेपाल घरेलु तथा साना उद्योग, सेती महाकाली ट्रक यातायात व्यवसायी सङ्घ, इलेक्ट्रिक डिलर्स एसोसिएसन अफ नेपाल, कैलाली वितरक सङ्घ, मदिरा व्यवसायी सङ्घ, किराना व्यवसायी सङ्घ, सुदूरपश्चिम यातायात प्रालि, सेती महाकाली इँटा व्यवसायी सङ्घ, होटल व्यवसायी सङ्घ, हार्डवेयर व्यवसायी सङ्घ, सुदूरपश्चिम अटोमोबाईल्स डिलर्स एसोसिएसन, बजार बिक्री प्रतिनिधि सङ्घ,  धनगढी होलसेल व्यवसायी, रेडिमेड व्यवसायी सङ्घले ऐक्यबद्धता जनाउँदै विज्ञप्ती जारी गरिएको छ।

कैलाली तरकारी तथा फलफूल होलसेल व्याज सङ्घ, नेपाल औषधी व्यवसायी सङ्घ, नेपाल बिक्री प्रतिनिधि सङ्घ, सुदूरपश्चिम मोबाइल व्यवसायी सङ्घ, कर्णाली रिभर यातायात, सुनचाँदी व्यवसायी सङ्घ, कम्प्युटर एसोसिएसन अफ नेपाल, पाठ्यपुस्तक तथा स्टेसनरी महासंघ, ट्याक्टर व्यवसायी सङ्घ, कुखुरा व्यवसायी सङ्घ, ग्रील सटर व्यवसायी सङ्घ, पेट्रोलियम डिलर्स अफ नेपाल, एग्रोभेट सङ्घ,  छाला जुत्ता व्यवसायी सङ्घ, कैलाली जिल्ला आभूषण व्यवसायी सङ्घ, खप्तड यातायात प्रालि, ग्यास डिलर्स एसोसिएसन, नेपाल बिउ व्यवसायी सङ्घ र नेपाल फोटोग्राफर्स एसोसिएसनको ऐक्यबद्धता र तीन बुँदे मागसहितको विज्ञप्ति जारी गरिएको छ।

No description available.

No description available.

२०८० वैशाख ३० १८:१७ बजे

प्रतिक्रिया