भ्रष्टाचारविरुद्धका कार्यमा सरकारमाथि बाबुरामको आशङ्का !

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३० १६:०४ बजे

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्षता नहुने बताएका छन् । भट्टराईले स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने आशङ्का जनाएका हुन् ।शनिवार काठमाडौँको नक्सालमा नागरिक अगुवाले गरेको भ्रष्टाचार र भ्रष्टाचार विरुद्धको प्रदर्शनमा सहभागी भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दरोसँग खुट्टा टेक्नेमा आशङ्का भएको बताएका हुन् ।

उनले भने , ‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन अस्थिर सरकार, त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन । आशङ्का छ । राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि छ । आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरू छुट्दैनन् । भुटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरूले विरोध गर्दै आइरहेका छन् ।

२०८० वैशाख ३० १६:०४ बजे

प्रतिक्रिया