भ्रष्टाचार र राष्टधात विरुध्द देशव्यापी विरोधसभा हुने

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २९ ०९:५९ बजे

 काठमाण्डौ। देशमा प्रमुख दलका मुख्य नेताहरु भ्रष्टाचारमा चुर्लुम डुवेको अवस्था र विदेशीहरु लाइ नागरिकता दिने प्रयोजनका लागी पारित गरिएको राष्टधाती नागरिकता विधेयक नवनियुक्त राष्टपतिध्दारा प्रमाणिकरण गराउने चलखेल शुरु भए पछि नेकपा(मशाल) र क्रान्तिकारी नेकपा नेपालले हिजो राष्टपति लाइ एक ज्ञापनपत्र वुझाएका थिए।  राष्टधाती नागरिकता विधेयक प्रमाणिकरण नगर्न ज्ञापनपत्रमा माग गरिएको छ। नेकपा(मशाल)का महासचिव सन्त वहादुर नेपाली,पि.वि.एम. चिन्तामणि पौडेल र क्रान्तिकारी नेकपा नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला र वरिष्ट नेता सिपि गजुरेल को टोलीले ज्ञापनपत्र वुझाएका थिए।

यि दुवै पार्टीले  जारी गरेको विज्ञप्तिमा भनिएको छ  नेपालको दलाल नोकरशाही पूँजीवादी सत्ता इतिहासमै सबैभन्दा बदनाम भएको छ । देशका सबै क्षेत्र भ्रष्टाचारबाट आक्रान्त छन् । संसदीय व्यवस्थाको स्थापनादेखि नै संस्थागत भ्रष्टाचारका जराहरू गाडिएका हुन् । नोकरशाही दलाल संसदीय व्यवस्था स्थापना भएपछि यसको चरित्र अनुसार नै लाउडा काण्ड, सुनकाण्ड, मेलम्ची ओम्नी, यती, ललिता निवास, वाईड बडी, सेकुरिटी प्रेस लगायतका सयौँ भ्रष्टाचारका काण्डहरू घटेका छन् । पछिल्लो समयमा सरकारमा बसेका मन्त्री, साँसद, नोकरशाह र संसदवादी राजनीतिक पार्टीका नेताहरूसहितको सङ्गठित गिरोहहरू मानव तस्करीमा सक्रिय सहभागिहुनुले अन्तर्राष्ट्रिय रूपले नेपालको बदनाम भएको छ र सिङ्गो नेपाली नागरिकको प्रतिष्ठामा आँच आएको छ । यो देशका लागि अक्षम्य राष्ट्रघात र जनविरोधी हर्कत हो । भुटानी शरणार्थीहरूको कोटामा नक्कली भुटानी बनाई नेपालीहरूलाई अमेरिका छिराउनु राष्ट्रिय स्वाभिमान गुमाउनु मात्र भएको छैन ईतिहास सबैभन्दा लज्जास्पद विषय भएको छ । 

यस्तै प्रकारको राष्ट्रघातमा नागरिकता विधेयक पनि आएको छ । विगतका राष्ट्रपतिले अस्वीकार गरेको विधेयकलाई पुनः पारित गरी अङ्गीकृत नागरिकलाई बंशजको नाताले हुने नागरिक बनाउन खोजिएको छ । यसले देशको सार्वभौमिकतामाथि दखल पुर्‍याएको छ । 

भ्रष्टाचारीहरूमाथि कार्यवाही गर्न सरकारलाई दवाव दिन र उक्त विधेयक खारेज गराउन सम्पूर्ण क्रान्तिकारी, जनवादी शक्तिहरूमा हामी दुई पार्टी हार्दिक अपिल गर्दछौँ  भनिएको छ। विरोधसभाका कार्यक्रमहरु काठमाडौँ मा वैशाख ३० गते – प्रदर्शन सहित आमसभा – शान्तिबाटीका ,प्रादेशिक राजधानीहरू जेष्ठ १ गते पोखरा,जेष्ठ २ गते बुटवल ,जेष्ठ ३ गते सुर्खेत, जेष्ठ ३ गते हेटौँडा,जेष्ठ ४ गते धनगढी,जेष्ठ ४ गते विराटनगर, जेष्ठ ५ गते जनकपुर मा हुने छ भने सम्पूर्ण जिल्लाहरूमा प्रदर्शन र आमसभा गर्ने  भनिएको छ। सवै कार्यक्रममा जनसहभागिताका लागी अपिल गरिएको  वताइन्छ।


२०८० वैशाख २९ ०९:५९ बजे

प्रतिक्रिया