टोपवहादुर रायमाझी दोस्रो पटक भुमिगत तर उदेश्य फरक

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २५ १९:५५ बजे

काठमाण्डौ।   नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ पर्न सकेका छैनन् । उनी भुमिगत भएर भारतको लखनउ मा हुने सक्ने आशँका गरिएको छ।

उनी नेकपा(मसाल)को विधार्थी  सँगठन अखिल (छैठौ) वाट राजनितिक यात्रा शुरु गरेका थिए।विद्रोही मसाल र सर्वहारा श्रंमिक सँगठन सहितका  पार्टीहरु विच एकताको क्रममा नेकपा(माओवादी) सगँ जोडिएका थिए। माओवादीले २०५२ साल फाल्गुन १ गते देखि जनयुध्दको घोषणा गरे पछि उनको पहिलो भुमिगत जिवन शुरु गरेका थिए।माओवादी केन्द्र र एमाले विच पार्टी एकता पछि नेकपा (नेकपा) वनेको थियो।यसको विभाजन पछि उनी एमालेमा नै रहेका थिए।

उतिवेला भुमिगत हुनको उदेश्य शसत्रक्रान्ति वाट नेपालमा नयाँ जनवादी व्यवस्था ल्याउने र किसान मजदुरको हातमा राज्य सत्ता लिने भन्ने थियो।  अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगीको गम्भीर आरोप लागेका टोप वहादुर लाइ अदालतले पक्राउ पुर्जी जारी गरेको र छोरा लाइ प्रहरीले गिरफ्तार गरि सकेको अवस्थामा प्रहरी हिरासत(खोर)  मा थुनामा वस्न वाट वच्न र आफु विरुध्दका प्रमाण नष्ट गर्नका लागी उनी  दोस्रो पटक भुमिगत भएका छन।  भुमिगत हुने कार्य उस्तै उस्तै भए पनि उदेश्य भन्ने नितान्त फरक- फरक रहेको  वताइन्छ। पहिलो पटक भुमिगत हुदा महान उदेश्य थियो भन्ने अहिले भुमिगत हुदा निकृष्ट र दुसित मनसाय रहेको वताइन्छ।

उनी अहिले भागेर भारतको लखनउ पुगेको प्रहरीले आशंका गरेको छ । गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी अहिले उनको खोजीमा तीव्र रुपमा लागेको छ । तर, उनी कहाँ छन् भन्ने यकिन लोकेसन पत्ता लगाउन सकेको छैन । गृह स्रोत भने उनी भारतको लखनउ पुगेको हुनसक्ने आशंका रहेको बताउँछ । 

उनलाई पक्राउ गर्नका लागि ७७ वटै जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको गृह स्रोतले बताएको छ । त्यति मात्र नभई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पनि उनलाई पक्राउ गर्न निर्देशन दिइएको छ । 

 


२०८० वैशाख २५ १९:५५ बजे

प्रतिक्रिया