कविता -उझेली

bimbonline नरेन्द्र देवकोटा
२०८० वैशाख १३ १२:०८ बजे

सुहाइरहेछ तिमीलाई फरिया 
पाल्पाली ढाँका चोली
सुन्दैमा मोहित बनाउने तिम्रो 
कोहिली मीठो बोली 
हँसिलो त्यो मुहारमा देखिरहेछु 
 गुलाफ र चमेली
जानेकी छैनौ रिसाउन तिमी त
जहिले रमाइली ।

हिस्सि परेको मुहार तिम्रो कालो 
कपालमा चमेली
स्याउझैँ गालामा राम्री देखिन्छौ 
सिउरिँदा मखमली
कालाकाला गोला आँखा त्यै माथि 
देखिन्छौ गहुँगोरी
सुख् दुख साँटिरहन मन लाग्छ 
तिमीसँग दिल खोली।

मेलापर्व जहाँ गएपनि तिमी 
आउँदछौ झल्झली
तिमीलाई छिनमै नदेखे छुट्छ 
पसिना खलखली
काला लामा शुन्दर ती केश तिम्रा 
देखिने ओठ लाली
उझेली नाम मिठो तिमी देखिदा 
जुन जस्तै उझेली ।
२०८० वैशाख १३ १२:०८ बजे

प्रतिक्रिया