मानिसको उचाइ र तौल कति हुनुपर्छ ?

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ९ ०८:१५ बजे
उचाइ र तौल

काठमाडौँ । हामीलाई सामान्य आफ्नो स्वतथ्यका बारेमा  तौल र उचाइ जान्नु अति आवश्यक छ । त्यसो भए मानिसको तौल कति र उचाइ कति हुनुपर्छ  । 

विशेषज्ञको अनुसार बडी मास इन्डेक्स बीएमआईले स्वस्थ मानिसको उचाइअनुसारको वजन कति हुनपर्छ भन्ने जनाउँछ । बीएमआई निकाल्नको लागि मानिसको उचाइ मिटरमा र तौल किलोमा नाप्नुपर्छ । अब उचाइमा आएको मिटरलाई दुई पटक गुना गरेपछि आउने प्रतिफलले तौललाई भाग गर्दा आउने अङ्क बडी मास इन्डेक्स हो ।

२४.९ सम्मको बडी मास इन्डेक्सलाई सामान्य मानिन्छ, २५ देखि २९.९ सम्मलाई ओभरवेट अर्थात् मोटोपना भएको मानिन्छ भने ३० देखि माथि देखिएमा अत्यधिक वजनदारमा गनिन्छ । तर दक्षिण एसियाका जनताको खानपान, शारीरिक बनावट आदिको आधारमा विश्व स्वास्थ्य सङ्गठनले अलग्गै बीएमआई निर्धारण गरेको छ । दक्षिण एसियाका मानिसका लागि १८.५ देखि २२.९ सम्म सामान्य, २३ भन्दा माथि गएमा बढी तौल भएकोमा गनिन्छ ।

बीएमआइ अनुसार उचाइअनुसार मानिसको उत्तम तौल यस्तो हुनपर्छ :

  • ४ फिट ६ इन्च उचाइ भएको पुरुषको २८ देखि ३५ केजीको हुनुपर्छ भने महिलाको पनि २८ देखि ३५ नै हुनुपर्छ
  • ४ फिट ७ इन्च उचाइ भएको पुरुषको तौल ३० देखि ३९ केजीको हुनुपर्छ भने महिलाको ३० देखि ३८ केजीको हुनुपर्छ ।
  • ४ फिट ८ इन्च उचाइ भएको पुरुषको तौल ३३ देखि ४० केजीको हुनुपर्छ भने महिलाको ३२ देखि ४० केजीको हुनुपर्छ ।
  • ४ फिट ९ इन्च उचाइ भएको पुरुषको तौल ३५ देखि ४४ केजीको हुनुपर्छ भने महिलाको तौल ३५ देखि ४२ हुनुपर्छ ।
  • ४ फिट १० इन्च उचाइ भएको पुरुषको तौल ३८ देखि ४६ केजीको हुनुपर्छ भने महिलाको तौल ३६ देखि ४५ केजीको हुनुपर्छ ।
  • ४ फिट ११ इन्च उचाइ भएको पुरुषको तौल ४० देखि ५० केजी हुनुपर्छ भने महिलाको तौल ३९ देखि ४७ केजीको हुनुपर्छ ।
  • ५ फिट उचाइ भएको पुरुषको तौल ४३ देखि ५३ केजीको हुनुपर्छ भने महिलाको तौल ४० देखि ५० केजीको हुनुपर्छ ।
  • ५ फिट १ फिट उचाइ भएको पुरुषको तौल ४५ देखि ५५ केजीको हुनुपर्छ भने महिलाको तौल ४३ देखि ५२ केजीको हुनुपर्छ ।
  • ५ फिट २ इन्च उचाइ भएको पुरुषको तौल ४८ देखि ५९ केजीको हुनुपर्छ भने महिलाको तौल ४५ देखि ५५ केजीको हुनुपर्छ ।
  • ५ फिट ३ इन्च उचाइ भएको पुरुषको तौल ५० देखि ६१ केजीको हुनुपर्छ भने महिलाको तौल ४७ देखि ५७ केजीको हुनुपर्छ ।
  • ५ फिट ४ इन्च उचाइ भएको पुरुषको तौल ५३ देखि ६५ केजी हुनुपर्छ भने महिलाको ४९ देखि ६० केजीको हुनुपर्छ ।
  • ५ फिट ५ इन्च उचाइ भएको पुरुषको तौल ५५ देखि ६८ र महिलाको ५१ देखि ६२ केजीको हुनुपर्छ ।
  • ५ फिट ६ इन्च उचाइ भएको पुरुषको तौल ५८ देखि ७० केजी र महिलाको ५३ देखि ६५ केजी सम्मको हुनुपर्छ ।
  • ५ फिट ७ इन्च उचाइ भएको पुरुषको तौल ६० केजी देखि ७४ केजीसम्मको हुनुपर्छ भने महिलाको तौल ५५ देखि ६७ केजी सम्मको हुनुपर्छ ।
  • ५ फिट ८ इन्च उचाइ भएको पुरुषको तौल ६३ केजी देखि ७६ केजी सम्मको र महिलाको तौल ५७ देखि ७० केजी सम्मको हुनुपर्छ ।
  • ५ फिट ९ इन्च उचाइ भएको पुरुषको तौल ६५ देखि ८० केजी र महिलाको ५९ देखि ७२ केजी सम्मको हुनुपर्छ ।
  • ५ फिट १० इन्च उचाइ भएको पुरुषको तौल ६७ देखि ८३ केजीको हुनपर्छ भने महिलाको तौल ६१ देखि ७५ केजी सम्मको हुनुपर्छ ।
  • ५ फिट ११ इन्च उचाइ भएको पुरुषको तौल ७० देखि ८५ केजीको हुनुपर्छ भने महिलाको तौल ६३ देखि ७७ केजी बराबरको हुनुपर्छ ।
  • ६ फिट उचाइ भएको पुरुषको तौल ७२ देखि ८९ केजीको हुनुपर्छ भने महिलाको तौल ६५ देखि ८० केजी बराबरको हुनुपर्छ ।
२०८० वैशाख ९ ०८:१५ बजे

प्रतिक्रिया