सेयर बजारमा सामान्य सुधार 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ६ १६:०३ बजे
सेयर बजार

काठमाडौँ । यो साता लगातार ओरालो लागेको सेयर बजार परिसूचक नेप्से कारोबारको चौथो दिन आज बुधवार भने सामान्य अंकले उकालो लागेको छ । नेप्से परिसूचक आज १५.१३ अंकले  उकालो लागेको हो । नेप्से  आज उकालो लागेसँगै १९२०.१२ विन्दुमा पुगेको छ।  सेन्सेटिभ इण्डेक्स २.८५ अंक ,फ्लोट इण्डेक्स १.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले उकालो लागेको छ ।  

बुधवार २७३ स्टकको २३ हजार ५०३ पटकको कारोबारमा ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको २५ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कालिन्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको आदर्श लघुवित्तको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन स्वावलम्बन लघुवित्तको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ८३ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसै गरी, यस दिन नबिल बैंक र एनआईसी एसिया बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

२०८० वैशाख ६ १६:०३ बजे

प्रतिक्रिया