नेपालमै पाइलट उत्पादन गर्नका लागि दुई फ्लाइङ स्कुलले पाए इजाजत

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३ १८:२५ बजे
फ्लाइङ स्कुल

काठमाडौँ । नेपालमै पाइलट उत्पादन गर्नेको  लागि कम्पनीले फ्लाइङ स्कुलको कम्पनीले अनुमति पाएका छन् । यी दुई कम्पनी नेपालमा पहिलो पटक फ्लाइङ सिकाउनको लागि अनुमति पाएका हुन् ।

 शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् । कार्यविधिमा आवश्यक संशोधन गर्दै वषौँदेखी मन्त्रालयमा रोकिएका दुई स्कुललाई इजाजत दिइएको किरातीले बताएका छन् ।

अहिले नेपालमा पाइलट उत्पादन गर्ने संस्था नरहेकाले नेपालीहरूले  फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्स अध्ययन गर्ने गरेका छन् ।

२०८० वैशाख ३ १८:२५ बजे

प्रतिक्रिया