सेयर बजारमा २ दशमलब ८० अंकको गिरावट

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ३ १५:५६ बजे

काठमाडौँ ।  गएको हप्ता उकालो लागेको सेयर बजार परिसूचक नेप्से यो सातको पहिलो  दिन  आज आइतबार भने आज ओरालो लागोको छ । आज नेप्से सूचक २.८० अंकले  ओरालो लागेको हो । बजार ओरालो लागेसँगै १९०३१.६८  विन्दुमा पुगेको छ ।

आज बजार ओरालो लागि रहँदा कारोबारसमेत ९६ करोड ६६ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज चार वटा उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक ओरालो लागेका छन् ।  बैङ्किङ समूहको उपसूचक झिनो ०.०१ प्रतिशतले  उकालो लागेका छन् ।

आज आदर्श लघुवित्त वित्तीय संस्था, मोलुङ हाइड्रोपावर कम्पनी र कालिन्चोक दर्शनको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ भने एसियन हाइड्रोपावरको सेयर मूल्य ७.८३ प्रतिशतले  ओरालो लागेको छ ।

२०८० वैशाख ३ १५:५६ बजे

प्रतिक्रिया