रोकिएको स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सको लागि पुनः आवेदन माग

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ३० १२:१० बजे
एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज
काठमाडौं । नेपाल धितो पत्र बोर्डले रोकिएका स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि फेरी  आवेदन मागेको छ ।  सर्वोच्चको आदेशपछि रोकिएको स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सको लागि पुनः आवेदन माग गरिएको हो ।
बोर्डले ३० चैत बिहीबार एक सूचना प्रकाशित गर्दै २ असोजमा प्रकाशित सूचना अनुसार आवेदन ४५ दिन म्याद रहेकोमा १० दिन अगाडि सर्वोच्च अfदालको अल्पकालीन अन्तरिम आदेश आएर आवेदन रोकिएकोले अब १० दिनभित्र बोर्डमा आवेदन पेस गर्न आह्वान गरेको छ । २६ चैतमा सर्वोच्च अदालतमा परेको रिट खारेज भएकोले २ असोजमा प्रकाशित भएको सूचना अनुसार नै बाँकी रहेको १० दिन म्याद अनुसार अबको १० दिनभित्र कमोडिटी बजार र धितो पत्र बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न आवेदन पेस गर्न आह्वान गरेको हो ।
‘धितो पत्र बोर्डले सूचना प्रकाशित गर्दै भनेको छ, ‘सर्वोच्च अदालतको २६ चैतको रिट खारेजी भएको फैसला अनुसार उक्त लाइसेन्स प्रक्रिया अगाडि बढाउने निर्णय भएर २ असोजको सूचना अनुसारको म्यादमध्ये बाँकी रहेको म्याद अनुसार सूचना प्रकाशित भएको मितिले १० (दश) दिन भित्र निवेदन दिनु पर्नेछ ।’
२०७९ चैत्र ३० १२:१० बजे

प्रतिक्रिया