सेयर बजारमा छलाङ

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २९ १५:१६ बजे

काठमाडौं । लगातार ओरालो लागेको नेप्सेमा लामो समयपछि भारी अंकको सुधार आएको छ । हिजो सामान्य अंकले उकालो लागेको सेयर बजार  परिसुचक नेप्से आज भारी अंकले उकालो लागको हो । आज नेप्से ९२.२२ अंकले उकालो लागेको छ । नेप्से आज उकालो लागे सँगै१९६३.५५विन्दुमा पुगेको छ । 

आज बुधबार बजार उकालो लागी रहँदा कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य उकालो  लागेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ ।  आज विभिन्न कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

 आज सबै भन्दा धेरै कारोबार हुनेमा  शिवम् , एनआइसी एसिया ,हिमालय डिस्टिलरी ,र नबिल बैक रहेका छन् ।

२०७९ चैत्र २९ १५:१६ बजे

प्रतिक्रिया