नेप्सेमा सामान्य सुधार 

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २७ १५:४२ बजे
सेयर बजार

काठमाडौं । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसुचक नेप्से साताको दोस्रो दिन आज सोमबार  सामान्य अंकले उकालो लागेको छ । नेप्से आज ५.५४ अंकले उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै १८४४.०२ विन्दुमा पुगेको छ ।  

नेप्सेमा सामान्य वृद्धि भएपनि सोमबार कारोबार रकम भने  ओरालो लागेको छ । आइतबार करिब १ अर्ब १६ करोडको कारोबार भएको बजारमा सोमबार ९१ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ३५ हजार ५४९ वटा कारोबारमा २९ लाख ६० हजार ८६३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

 आज शिवम् सिमेन्टको  सबैभन्दा धेरै  ६ करोड ८४ लाखको कारोबार भएको छ । सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६६ लाख र एनआईसी एशिया बैंकको २ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १३२ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ७७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको स्थिर छ ।  सानिमा मिडिल तमोर हाइड्रोपावर सेयरमूल्य १० प्रतिशत र कालिञ्चोक दर्शनको सेयरमूल्य ९.९७ प्रतिशतले  बढेको छ । 

आज ओरालो लाग्नेमा ग्लोबल आईएमई लघुवित्त रहेको यसको सेयरमुल्य  ६.५४ प्रतिशतले  ओरालो लागेको छ । बाराही हाइड्रोपावरको सेयरमूल्य ५.२५ प्रतिशत र इस्टन हाइड्रोपावरको सेयरमूल्य ३.९९ प्रतिशतले  ओरालो लागेको छ । 

२०७९ चैत्र २७ १५:४२ बजे

प्रतिक्रिया