रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक सम्मेलन चितवनमा सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक सम्मेलन चितवनमा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १६:५८ बजे
रिलायन्स लाइफ इन्स्योरेन्स

 काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको  वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न  भएको छ । सम्मेलनमा  रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख, एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको शीर्ष व्यवस्थापन टोलीको सहभागिता रहेको  थिए ।

सम्मेलनमा विशेष गरी कम्पनीको आगामी १ वर्षभित्र गर्नुपर्ने कामहरू, कम्पनीको व्यापारिक धारणा, विभिन्न जिल्लाबाट आएका शाखा प्रमुख, क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकहरूबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार बिस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल भएको छ ।  

२०७९ साउन २६ १६:५८ बजे

प्रतिक्रिया