दोहोरो अंकले घट्यो सेयर बजार

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ८ १५:४७ बजे
सेयर बजार

 काठमाडौं ।  सेयर बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले  ओरालो लागेको छ ।   नेप्से आज १५.७६ अंकले  ओरालो लागेको हो आज नेप्से ओरालो लागेसँगै 

१९३३.२९  विन्दुमा पुगेको छ । घटेको बजारमा पनि बुधबार कुल एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

बुधबार २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर ३० हजार ४८५ पटक कारोबार भएको थियो । बुधबार कारोबारमा आएका मध्ये १६६ कम्पनीको सेयर मूल्य घट्दा ३८ कम्पनीको सेयर मूल्य घट्यो भने १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन ।

बुधबार माया खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबै भन्दा धेरै ९.९८ प्रतिशत सकारात्मक सर्किट लेबलमा बढ्यो भने सर्पोट माइक्रो फइन्यान्सको ६.११ प्रतिशतले बढ्यो । बुधबार सबैभन्दा धेरैले ओरालो जानेमा  बोटलर्स नेपाल तराई रह्यो । यो कम्पनीको सेयर मूल्य ७.६२ प्रतिशतले घटेको थियो । यस्तै सानिमा ग्रोथ फण्डको सेयर मूल्य ५.८५ प्रतिशतले घट्यो भने धौलागिरी लघुवित्तको सेयर मूल्य पनि ५ प्रतिशत बढीले घट्न पुग्यो ।

बुधबार सबै भन्दा धेरै सेयर खरिद बिक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । 

२०७९ चैत्र ८ १५:४७ बजे

प्रतिक्रिया