गाउँपालिकामा चरम अनियमितता, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

गाउँपालिकामा चरम अनियमितता, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २६ १४:५४ बजे
पिपरा गाउँपालिका

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबाट चरम अनियमितता बाहिरीएको छ । आर्थिक वर्ष २०७७\७८ मा कर्मचारी र जनप्रतिनिधिबाट नै विभिन्न सामान्य शिर्षकमा ठुलो मात्रामा बजेट निकाशा भएको पाईएको छ।

धेरैजसो दैनिक भ्रमण भत्ताका नाममा अनियमितता भएको पाइएको छ । पूर्वउपाध्यक्ष नुनुकुमारी दास आफैँले पिपराबाट बर्दिबास नगरपालिकामा आउन एक पटकमा १३ हजार २०० भत्ता बुझेको पाइएको छ । उनले बर्दिबासमा आउन मात्र २ पटक गरेर २६ हजार ४०० रुपैयाँ लिएकी छन् ।

अनुगमन भत्तामा समेत तत्कालीन अध्यक्ष र उपाध्यक्षले चरम दुरुपयोग गरेको पाइएको छ । अनुगमनका क्रममा नै पूर्वअध्यक्ष विक्रम चौधरी, पूर्वउपाध्यक्ष दासले मापदण्डविपरित २ लाख १० हजार भत्ताबापत भुक्तानी लिएको पाईएको छ । चौधरीले २०७७ पुसदेखि असार २०७८ सम्म १७६ दिन अनुगमन गरेको फर्जी प्रतिवेदन पेस गरेको पाइएको छ भने दासले समेत १७६ दिन नै पेस गरेकी छन् ।


२०७९ साउन २६ १४:५४ बजे

प्रतिक्रिया