भोली देखी नबिल बैंक र बैंगलादेश बैंक एकिकृत कारोबार गर्दै

भोली देखी नबिल बैंक र बैंगलादेश बैंक एकिकृत कारोबार गर्दै

bimbonline बिम्ब अनलाइन
२०७९ असार २६ २०:५८ बजे
nabil bank

काठमाडौं । नबिल बैंक र बंगलादेश बैंकले असार असार २७ देखि एकिकृत कारोबार गर्ने भएका छन् । नबिल बैंकले बंगलादेश बैंकलाई एक्वायर गरेसँगै यि दुई बैंकले एकिकृत कारोबार गर्न लागेका हुन् ।

गत जेठ ७ गते सम्पन्न दुईवटै बैंकको साधारण सभाले बंगलादेश बैंकलाई एक्वायर गर्ने निणर्य गरेको  हो । एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते कम्पनी रजिष्ट्रार कार्यायले असार १७ गते अन्तिम स्विकृती प्राप्त गरेको थियो ।

नबिल बैंक बंगलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । यि दुई बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड पुग्ने भएको छ ।


२०७९ असार २६ २०:५८ बजे

प्रतिक्रिया