किसानलाई राहत,दुधको मुल्य ९.५० रुपैयाँ बढयो

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २० ०९:४४ बजे
दुधको मुल्य

काठमाडौं । दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढने भएको छ । कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयसँगै दुधका मुल्य बढने भएको हो । यो किसानका लागि बिक्री मूल्य हो। 

जसअनुसार दुधको मूल्य ५६ रुपैयाँवाट बढेर अब ६५.५० रुपैयाँ कायम हुने भएको छ । किसान तथा दुग्ध उत्पदान महासंघ, नेपाल डेरी एशोसियन लगायतले लामो समय देखी दुधको मुल्य बढाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए । सरकारको योनिणर्य  किसानलाई भने राहत भएको छ ।  

नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डीडीसी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा गरेको छ।

२०७९ फागुन २० ०९:४४ बजे

प्रतिक्रिया