भारतबाट घटेर आयो पेट्रोल र डिजलको मुल्य

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १७ १८:५१ बजे
पेट्रोल

 काठमाडौं । नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ  मुल्य पठाएको छ । नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको  छ । निगमलाई मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।

अन्य सबै प्रकारका इन्धनको लागत  घटे पनि खाना पकाउने ग्याँसको लागत भने बढेको  बढेको छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।

पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा  भएको छ ।  नपाली बजारमा इन्धनको मुल्य बढाउने वा बढाउने भन्नेबारे केहि पनि निर्णय भने भएको छैन् । 

२०७९ फागुन १७ १८:५१ बजे

प्रतिक्रिया