लघुवित्तका सेयरहरू सर्किटमा ओरालो

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ११ १५:०६ बजे
सेयर बजार

केहि दिन यता लगातार ओरालो यात्रामा रहेको सेयर बजार कारोबारको अन्तिम दिन आज बिहीबार भारी अंकले ओरालो लागेको छ । नेप्से आज ५७.७४ अंकले ओरालो लागेको हो । आज नेप्से ओरालो लागेसँग२०२२.६४विन्दुमा पुगेको छ । 

आज बजार  ओरालो लागिरहँदा कारोबार रकम भने उकालो लागेको छ । आज विभिन्न कम्पनिका २५२ करोड  बराबरका सेयर किनबेच भएका छन् । आज बजार भारी अंकले ओरालो लागि रहँदा विभिन्न लघुवित्तका सेयर आज भारी अंकले ओरालो लागेका छन् । आज सबैभन्दा धेरै गुमाउनेमा पनि लघुवित्त रहेका छन् ।  आज प्रयास सबै लघुवित्तहरूले  सर्किटको  लेवलमा गुमाएका छन् । 

 आजको बजारमा कमाउने थोरै मात्रै कम्पनिहरु रहेका छन् । आज कमाउनेमा नेपाल हाइड्रो लिमिटेड सिद्धार्थ इन्भेस्टमेट गा्रथ , प्रभु बैक डिबेन्चर र  सानिमा लार्ज क्याप फन्ड रहेको छ ।  

२०७९ फागुन ११ १५:०६ बजे

प्रतिक्रिया