आत्मनिर्भर लघुवित्तको आईपीओमा खुला

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ११ १३:४६ बजे
आत्मनिर्भर लघुवित्त

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आज (फागुन ११ गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वाजनिक निष्काशनका लागि छुट्याएको थियो। सो मध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २५ गतेसम्म  आवेदन दिन सकिने छ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको । कम्पनीको  गत आर्थिक वर्षको अन्त्यसम्ममा ५५६ रुपैयाँ ५९ पैसा प्रतिशेयर नेटवर्थ र १८५ रुपैयाँ ४३ पैसा ईपीएस रहेको थियो । 

२०७९ फागुन ११ १३:४६ बजे

प्रतिक्रिया