कैलालीमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ११ १३:०१ बजे
मृत्यु

काठमाडौं ।  कैलालीमा माइक्रो बसको ठक्करबाट पैदल यात्रीको ज्यान गएपछी घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । 

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल यात्रीको  ज्यान गएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक विरेन्द्र जोहारीले माइक्रोको ठक्करबाट गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरीको घटनास्थलमै मृत्यु भएको  बताएका छन् । 

चौधरीलाई ठक्कर दिने नेपालगञ्जबाट अत्तरियातर्फ आउँदै गरेको उक्त माइक्रो बस र चालक बाँकेको कोहलपुरका २९ वर्षीय नविन सिंहलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।  

घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गमा अवरोध सिर्जना भएपछि विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन बल्मीमा रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ फागुन ११ १३:०१ बजे

प्रतिक्रिया