काठमाडौं । नारायण योगी नेपालको कम्युनिष्ट आन्दोलनमा सुपरिचित नाम हो । उहाँले लामो समय देखि वामपन्थी राजनीति र सांस्कृतिक क्षेत्रमा काम गर्दै आउनु भएको छ। उहाँले आफ्नो बाल्यकालमा नै अन्याय र अत्याचारको पीडा को नजिक वाट अनुभुति गरी घटना सुनाउँदै भन्नु भयो-पिताजी बाजेको घरमा खान खाएर रात बिताएर घर फर्कनु भयो। वहाँ फर्केको राती त्यहाँको जिम्वाल भेषराज शर्माले मेरै काका देवी नाथ योगीलाई पनि मतियारको रुपमा सामेल गरि बसन्तपुरमा सानो किराना पसलका धनी केदार भन्नेलाई पनि सहमत गराएर चोरीको आरोपमा तेस्रो दिन पिताजीलाई प्रहरी वाट गढवा ठानामा लगी ठेक्काका राखेर निकै यातना दिएर चोरी गरेको कबोल गराए र त्यति बेलाको रु २७०००। बिगो भराउने काम गरेर उक्त सामन्तले आफ्नो घर बनाउँदा बखतको बन वाट चोरी गरेर काठ निकासी गर्दा पिताजीले विरोध गरेको कारण प्रतिशोध लिन यति ठूलो जाल गर्याे । त्यो बेलामा म कक्षा सातमा अध्ययन गर्दथे मलाई लाग्दछ त्यो बेला “ठूला” भन्नहरुको शोषकका विरुद्धमा म मा सुषुप्त अवस्थामा चेतना पैदा भएको हुनु पर्दछ त्यसले कम्युनिष्ट राजनीति प्रतिको आकर्षण बढेको हुन सक्छ ।
उहाँ २०३५/०३६ कक्षा १० मा अध्ययनको क्रममा नै विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भएर बाल जनता स्कुलमा हडताल गराउने काममा अखिलका बिद्यार्थी को तर्फ वाट लाग्नु भयो। पछि उहाँ अखिल भारत नेपाली एकता समाज निर्माण गरेको थाहा पाए पछि वहाँ एकता समाजमा सन् १९८३ मा नगरको सचिव बनेर ।०४२ सालको ने.क.पा.(मलास) को विभाजन पश्चात एकता समाज को उहाँ दिल्ली पक्षको तर्फबाट १९८२ मा दोश्रो सम्मेलनमा भाग लिन दिल्ली गएको थिए र त्यतिबेलाको सल्लाहकार जिम्मेवारी पाए । जब २०४६ सालको जन आन्दोलन सफल भए पछी उहाँ घर फर्केर आई सकेपछि २०४७ देखि दाङ्ग जिल्ला पार्टीको सेकेटरी बनेर २०५१ सम्म काम गरे २०५१ मा थारु जनसाँस्कृतिक मञ्चको संयोजक र रक्तिमको जिम्मामा रहेको थिए । सांस्कृतिक क्षेत्रमा रुचिको संदर्भमा घरमा आमाले निकै मिठो स्वरमा गीत गाउनु हुन्थ्यो । वहाँको वंशाणुगत गुण पनि स्वतः आयो । स्कुलमा अध्यायन गर्दा उहाँको सानै देखी अभिनयमा रुचि थियो । क्रान्तीकारी गीत संगीत को क्षेत्रमा औपचारीक शिक्षाको अवसर कहिल्यै जुरेन तर बिभिन्न प्रशिक्षणहरुमा सामेल भई सिप विकास गर्ने काम भयो। उहाँले गीतहरु थारु भाषामा लेख्ने गाउने अभिनय गर्दै आए पनि नेपाली भाषामा कथा नाटक , सडक नाटक एकाँकी पनि लेख्नु भएको छ । फिल्म “फाल्गुन २४” मा खलनायकको भूमिकामा अभिनय पनि गरेको छ । उनै नारायण योगी सँग बिम्ब अनलाइनका तर्फ बाट लाल बहादुर जाग्रीले गरेको कुराकानीका सम्वादीत अँशहरु :
तपाई लामो समय सम्म रक्तिमको नेतृत्वमा रहेर काम गर्नु भयो । हाल के गर्दै हुनुहुन्छ वैचारिकरुपमा कुन पार्टी संग नजिक हुनुहुन्छ ?
ने.क.पा.(मसाल) को आठौ महाधिवेशनको फोरम संचालनको दौरानमा मैले अल्मतको बिचारलाई समर्थन गरे पछि ,म माथी निगरानी बढाउने र मुख्य जिम्मेवारीबाट हटाउने काममा प्रपञ्च रचन थालीयो। , तर मेरो संदर्भमा त निकै निकृष्ट र व्यक्तिगत स्वतन्त्रता समेत हनन हुने गरि मेरो फोन टेपिङ्ग गरियो र त्यसैका आधारमा कार्वाही गरेर रक्तिमको संयोजक र पार्टीको सबै जिम्मेवारी बाट हटाउने कार्य गरियो जो निकै अन्यायपूर्ण कार्य हो । उक्त घटना पछि म ने.क.पा. (मसाल) को समन्वय समिति संग जोडिएर रहेको हु। हाल नेकपा(मशाल) मा छु। हाल मैले नेपाली र हिंदी भाषाका चारवटा गीतहरुको (अडियो) प्रकाशनको तयारीमा छु र एउटा डुंगाको कथा नामक स्मरण लेखी रहेकोछु मैले करिब ११ बर्ष सम्म राप्ती नदीमा डुंगा चलाउने भाझीको काम पनि गरे । त्यसका निकै रोमाञ्चक, रोचक र रमाइलो क्षणहरु छन् । तात्कालिन समयमा मानिसहरुले कसरी आफ्नो जीवन निर्वाह गर्न कति जोखिमहरु मोलेर अगाडी बढथे । नदी संग जोडिएको अरु थुप्रै मिठा ति क्षणहरु पनि छन् । जब राप्ती नदी बर्षातमा आफ्नो रौद्र रुप लिएर यस फाँटमा ओर्लने गर्दथ्यो त्यो बेलामा यहाँका मानिसहरुका संबेदना ,भय,त्रास, आतंकको कस्तो खुशी ,रोमाञ्च हुन्थ्यो यसको जानकारी छ । यस्तै डुँगाले हामी माझीहरुको दैनिक जीवनमा कति महत्व राख्दथ्यो त्यो बेला यसै गरी त्यो बेलामा नुन, चिनी, मट्टीतेल, लत्ता कपडा ,खरिद गर्न लाम लागेर कोइलावास जाने रोल्पा ,रुकुम, प्यूठान ,सल्यान, दाङ्गका वटुवारुहरुका कथा व्यथाहरु पनि यस पुस्तकमा केही राख्ने प्रयत्न गरेको छु ।
कम्युनिष्ट आन्दोलनको अवस्था कस्तो रहेको छ रु टुटफुट र बिभाजनले कम्युनिष्ट कमजोर हुदैछन् भन्ने आरोप बारे के भन्नु हुन्छ ?
नेपालको कम्युनिष्ट आन्दोलन मात्र होइन ,विश्व कम्युनिष्ट आन्दोलननै टुट फुट ,एकता ,संघर्ष , एकताको इतिहासले भरिएको छ द्वन्दवादले जहिले पनि बर्ग संघर्षको नियमलाई आत्मसात गर्दैआएको छ । समाजको प्रतिविम्ब कम्युनिष्ट पार्टीमा देखा पर्नु स्वाभाविक नै छ । दक्षिपंथी संसोधनवादीहरु ,सत्ता स्वार्थ ,पद लोलुपता , आफ्नो हितलाई ध्यानमा राखेर टुट फुटमा सामेल हुन्छन् र त्यो मिल्दा राता रात पनि मिल्छन् तर क्रान्तिकारी कम्युनिष्टहरु बिचारको रक्षाका लागी र जनताको पक्षमा जीवन पर्यत्न संघर्षमा लागी रहन्छ । तसर्थ सिद्धान्त रक्षाका लागी गरिने फुट स्वाभाविक छ । जहाँ सम्म कम्युनिष्ट कमजोर बन्दैछन् भन्ने कुरा त्यो सहि छैन् स्टालिनले कम्युनिष्टहरु इस्पातले बनेका हुन्छन् भनेका छन् । त्यसकारण कमजोर देखाएर प्रतिकृयावादी शक्तिहरुले आफ्नो दुनो सोझो गराउन चाहन्छन् । अहिले देशमा कम्युनिष्ट आन्दोलन उठान गर्न निकै उर्वरा अवस्था छ तर संसोधनवादी कम्युनिष्ट पार्टीहरुले अपनाएका गलत कार्य र भ्रष्टपद्दती साथै स्वार्थ परायणको कारण असन्तोष बढेको छ । कारण र जनतामा बर्गिय चेतना कमजोर भएका कारण पनि यो स्थिति देखा परेको हो । कार्यगत एकता संयुक्त मोर्चा बनाएर पार्टी एकता पनि गरेका उदाहरण हाम्रा सामुमा छन् ।
तपाईको पार्टी भित्र चलेको अन्तर संघर्षले रक्तिम परिवारमा पनि केही असर परयो की ?
निश्चित रुपमा परयो सबै भन्दा चाडै र धेरै असर परयो रक्तिमको मोर्चामा । किनकी बिश्वको कम्युनिष्ट आन्दोलनका संदर्भमा स्वयंम , चिनमा माओले सर्वहारा सांस्कृतिक क्रान्तिकालमा चलाएका ति सर्वहारा सांस्कृतिक आन्दोलनलाई त्यहाँको दक्षिणपंथी संसोधनवादी पार्टीहरुले माओको निधन पछि त्यहाँका क्रान्तिकारी सांस्कृतिक कर्मिहरु च्याङ्ग चिङ लगायतका लाई ग्याङ्ग अफफोरको नामाकरण गरेर अपराधीको संज्ञा दिएर गिरफ्तार गरेर जेलमा हाले त्यस पछि नै त्यहाँ आफ्नो दक्षिणपंथी नितीलाई संसोधनवादीहरुले अगाडी बढाउने काम गरे । यहाँ पनि अनुशासनको डण्डा चलाएर सबैभन्दा पहिले जीवन शर्मा लाई पोखराको रा। सम्मेलन भोली जस्तो छ आज सम्मेलन स्थगित गरेर देश प्रवासमा रहेका संम्पुर्ण क्रान्तिकारी रक्तिमका कलाकारहरुको मानमर्दन गर्ने काम भयो। जसले रक्रिम केही समय पछि छिन्न भिन्न हुन पुग्यो । यसो गर्नुका पछाडी दक्षिणपन्थि बिचारका लागी जब क्रान्तिकारी गीत ,संगीत ,साहित्य सबै घाँडो बन्न थाल्दछन् त्यस पछि यस्तो अवस्थाको सृजना गरिन्छ । अनुशासनको पालना सापेक्ष हुन छ त्यो कुनै यान्त्रिक नियम होइन । त्यसलाई परिस्थिती अनुसार कडा र खुकुलो बनाई लागु गरिन्छ । यसले के देखाउछ भने ,नेतृत्वले केवल आफ्ना बिरोधीलाई सखाप पार्नका लागी मात्र दुई लाईनको संघर्ष ९फोरम० संचालन गरिएको कुरा व्यवहारले पुष्टी गर्यो ।
तपाइका रचनाहरु के के छन ?
मैले हाल सम्म प्रकाशित गरेका रचनाहरुमा “सौकी” कथा संग्रह (२०७३) जनतनके गीत भाग –१ (२०४८) आइलरे मई दिन (२०५१) गाउँहमार २०५६, जनता सुस्केराहरु २०७१–रहेका छन्। अप्रकाशित कृतिहरु कविता संग्रह –१ सडक नाटक संग्रह –१ परदेशीको कथा – नाटक आदि रहेका छन् । सौकी कथा संग्रहका बारेमा डा। अमर गिरी लेख्छन् “सौकी”कथामा जमिन्दारको ऋणमा चुर्लुम्म डुबेको कमैया परिवारको पिडालाई प्रस्तुत गरिएको छ । थोरै ऋण लिएर पनि व्याजको स्याज बढदै जाने र तिरेर कहिल्यै नसकिने यथार्थलाई कथामा प्रस्तुत गरिएको छ ।
राजनैतिक जीवनको अविष्मरणीय क्षण ,घटना भए बताई दिनु हुन्थ्यो की ?
देशमा ने.का.को सरकार थियो । ने।काँ। को सरकारले देश भरी दमन चक्र संचालन गरि सकेको थियो । २०४९ सालको कुरा हो। ने.क.पा. (मसाल) तर्फबाट त्यहाँ एउटा सभा राख्ने र त्यहाँ वक्ताको रुपमा मुख्य बक्ता ने.क.पा.(मसाल)का प्रवक्ता एक पि.बि.एम. चित्र बहादुर के।सी जाने ठेगान भएको थियो । त्यहाँ जानका लागी हामीहरु प्यूठान हुदै रोल्पा तिर चित्र बहादुर के.सी. ,भेष बहादुर के.सी. जितेन्द्र सिंह लगायत हिडेयौ र राती लिवाङ्ग पुग्यो । भोली पल्ट सभा गर्ने कुरा थियो । हामीहरुले सल्लाह गरेर एक दिन चन्दा संकलन गर्ने र केही साथीहरुले वाल पेन्टिङ्ग गर्ने भनेर जिम्मेवारी बाडफाँड गरी निसक्यौ । चित्र बहादुर के।सी। सहित, म भेषबहादुर के।सी। ,राज कुमार कक्षपति, जितेन्द्र सिंह आदी चन्दा संकलन गर्न बजार तिर हिडेयौं चन्दा संकलन गर्न थालेको केही बेरमै हामीहरु लाई प्रहरीले लिवाङ्गमा निषेध आज्ञा जारी गरी गिरफ्तार गर्यो वालपेन्टिङ्गमा गएका साथीहरु लाई पहिल्यै नै कुट्नै ल्याएर खोरमा थुनि सकेको रहेछ । हामीहरुलाई डि.एस.पी.खडकाले आफै कटिबासले लाठीले कुटदै लात्तीले हिर्काउदै खोरमा थुन्यो । चित्र बहादुर के।सी। लाई कुटपीट त गरेन तर जाउँ भनेर ल्याएर डि।एस।पि। कार्यालयको प्राङगणमा केही बेर उभ्याएर राख्यो ,एक कप चिया पनि खान दियो । त्यो गुफा जस्तो खोरमा हामीलाई १३ दिन पनि १३ महिना जस्तो लाग्यो । उक्त राजद्रोहको मुद्दा लागी सकेपछि सायद ९ दिन पछि हामीलाई बयानको लागी बोलाइयो । रोल्पा जिल्ला अदालतमा उक्त मुद्दा सफाइ पनि पयौ । तर अनौठो कुरा के छ भने चित्र बहादुर के.सी.जो पार्टीको पि.वि.एम. र प्रवक्ता हुनुहुन्थ्यो त्यस दिन हामी लाई खोरमा हाल्यो वहाँ बाहिर निष्किनु भयो। , हामीसँग भेट पनि नगरी कता भाग्नु भएछ वहाँको त नाकमुख नै देख्न पाइएन ।
अन्त्यमा केही छ की?
धेरै कुराहरु माथी आई नै सकेका न् तै पनि संक्षेपमा देशमा केही समय यता खास गरेर एम.सी.सी. को परियोजना पास भै सके पश्चात नेपाललाई ठूला शक्ती राष्ट्रहरुले यो वा त्यो बहानमा देशलाई रणमैदान बनाउने गुरु योजना सहित काम गरेको देखिन यसमा सम्पूर्ण देशभक्त र गणतान्त्रिक शक्तिहरु एक भएर संघर्षलाई अगाडी बढाउनु पर्ने बेला आई सकेको छ । देशमा मंहगी भ्रष्टाचार ,कमिसन खोरी सबैले जनताको ढाड सेकिएको छ तर सत्तासिन व्यक्तिहरु मुकदर्शक बनि सत्ताको खेलमा रमाई रहेका छन् । यो निकै चिन्ता र गंम्भीर कुरा हो । तपाई को अनलाइन पत्रिकाले आजसम्म जसरी जनताका न्यायपूर्ण आवाजहरु लाई बुलन्द गर्दै आएको छ त्यसलाई जारी राखोस भन्दै उत्तरोत्तर प्रगतिको हार्दिक कामना व्यक्त गर्दछु ।
प्रतिक्रिया