डिशहोमको नयाँ कनेक्सन मात्र रु २९९९ मा

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ५ १९:०८ बजे
डिशहोम

काठमाडौं । अब डिशहोमको नयाँ कनेक्सन मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । डिशहोमले ल्याएको याे नयाँ कनेक्सन  छुट योजना सिमित अवधिको लागि लागू हुनेछ ।

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ ।

डिशहोमका डिलरहरुमार्फत फण्ड ट्रान्फर तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा Weekly Lucky Draw अफरमा भाग लिने अवसर प्राप्त हुनेछ भने हरेक साता एक जना भाग्यशाली ग्राहकहरुले नगद १ लाख उपहार जित्न सक्नेछ।

यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशतसम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरुमार्फत फण्ड ट्रान्फर वा रिचार्ज कार्डबाट रिचार्ज गर्दा १ महिना वा १ हजार भन्दा कमको रिचार्जमा ५ प्रतिशत, १ हजारको रिचार्जमा १० प्रतिशत वोनस, २ हजारको रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस र ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ ।

नेपालभरका डिशहोमका डिलर, तथा सब डिलर विक्रेताहरुमार्फत ग्राहकहरुले फण्ड ट्रान्फरबाट बार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सक्नेछन् ।

साथै रिचार्ज कार्डबाट बोनस प्राप्त गर्न सकिनेछ भने फण्ड ट्रान्फर बारे थप विस्तृत जानकारी लिनका लागि देशभरका डिशहोम बिक्रेता वा डिशहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर पनि सहयोग लिन सकिनेछ ।

२०७९ फागुन ५ १९:०८ बजे

प्रतिक्रिया