सेयर बजार राताम्य

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ४ १५:११ बजे
सेयर बजार

काठमाडौं । लगातार ओरालो यात्रामा रहेको नेप्से कारोबारको  पाँचौ दिन आज पनि भारी अंकले ओरालो लागेको छ । नेप्से आज २१.१५ अंकले ओरालो लागेको हो । बजार आज ओरालो लागेसँगै कारोबार रकम पनि ओरालो लागेको छ ।

नेप्से आज ओरालो लागे सँगै २०७०.४१ विन्दुमा पुगेको छ । आज विभिन्न कम्पनीका सेयर १६८ करोड बरारको रकममा कारोबार भएका छन् । आज बजार ओरालो लागिरहँदा सबै भन्दा धेरै कमाउनेमा सानिमा लार्ज क्याप फन्ड, राप्ती हाइड्रो पावर एन्ड कस्टक्शन लिमिटेड र इमर्जिङ नेपाल लिमिटेड रहेका छन् । 

आजको बजारमा सबै भन्दा धेरै गुमाउनेमा युनिलिभर नेपाल लिमिटेड, सिटिजन म्युचुअल फन्ड, सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था र   धौलागिरी लघुवित्त संस्था लिमिटेड रहेको छ । आजको बजारमा  सबै भन्दा धेरै कारोबार गर्ने मा हिमालय डिस्टिलरी लिमीटेड, अपि हाइड्रो पावर र  नाडी ग्रुप पावर लिमिटेड रहेका छन् । 

२०७९ फागुन ४ १५:११ बजे

प्रतिक्रिया