यी दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ४ १४:०८ बजे
लाभांश

काठमाडौं । लाभांश वितरण प्रयोजनार्थ मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको अन्तिम समय  आज रहेको छ । यी दुइ  कम्पनिहरुले भोली अर्थात फागुन ५ गते बुकक्लोज गर्दैछन् । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी लघुवित्तहरुको साधारण सभामा सहभागिता जनाउन तथा वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।  

मिथिला लघुवित्तले फागुन १७ गते, बुधबार चौधौं वार्षिक साधारण सभा डाकेको छ। सो सभा न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभाहल, लालगढ, धनुषामा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक तथा सर्वसाधारण शेयर स्वामित्व परिवर्तन गरी ५१ः४९ पुर्याउने, सञ्चालक समितिको २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

महिला लघुवित्तले फागुन २१ गते, आइतबार पाँचौ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल, काभ्रेमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

२०७९ फागुन ४ १४:०८ बजे

प्रतिक्रिया