बजार ओरालो लाग्दा कसले कमाए कसले गुमाए ?

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन ३ १५:१० बजे
सेयर बजार

काठमाडौं । केही दिन यता लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसुचक नेप्से कारोबारको चौथो दिन आज बुधबार पनि ओरालो लागेको छ । हिजो सामान्य अंकले ओरालो लागेको नेप्से १३.९० अंकले ओरालो लागेको हो ।

आज ओरालो लागेको नेप्से २०९१.५६ विन्दुमा पुगेको छ ।  आज बजार सामान्य अंकले ओरालो लाग्दा विभिन्न कम्पनीका सेयर १७३ करोड बराबरको कारोबार भएको छ । 

आज बजार ओरालो लाग्दा सबै भन्दा धेरै कारोबार हुनेमा विभिन्न पाँच कम्पनीहरू रहेका छन् । सबै भन्दा धेरै कारोबार हुनेमा अपि पावर कम्पनी लिमिटेड ,अरुण कावेली पावर लिमिटेड एनआईसी एसिया बैक , हिमालय डिस्टिलरी लिमिटेड र नाडी ग्रुप पावर लिमिटेड रहेको छ । 
 आजको बजारमा सबै भन्दा माग भएका कम्पनीहरूमा कुमारी धनवृती योजना,  कुमारी बैक लिमिटेड  मेघा म्युचुअल फन्ड र प्रयाम कमर्सियल बैक रहेका छन् । 

आज बजार समान्य अंकले ओरालो लाग्दा सबै भन्दा धेरै गुमाउनेमा गरीमा डिवेन्चर ,विजया लघुवित्त लिमिटेड, पनच्यकन्यमै पावर लिमिटेड, माहुली लघुवित्त लिमिटेड र स्वीट गगन हाइड्रो पावर लिमिटेड रहेको छ ।

आजको बजारमा कमाउनेमा युनिलिभर नेपाल लिमिटेड, अरुण कावेली पावर लिमिटेड, कर्रपोरेट नेपाल बैक लिमिटेड र सिभिल लघुवित्त रहेको छ ।  

२०७९ फागुन ३ १५:१० बजे

प्रतिक्रिया