बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन आज साँझ सार्वजनिक गरिदैं

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २९ १३:४७ बजे
बजेटको अर्धवार्षिक समीक्षा

 काठमाडौं । सरकारले आइतबार साँझ ६ बजे बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन    सार्वजनिक गर्ने भएको छ । अर्थ मन्त्रालयबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९र८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्न लागेका हुन् । 

सरकारी वित्तमा दबाब रहेकाले सरकारले यो वर्षका लागि बजेटले लिएको राजस्व र खर्चको लक्ष्य घटाउने तयारी छ ।

त्यसअघि पौडेलले प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनबारे वक्तव्य दिने कार्यसूची रहेको छ ।  चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

लक्ष्यअनुसार राजस्व उठेकाले सरकार दबाबमा छ । अर्थ मन्त्रालयले चालु खर्च २० प्रतिशतले कटौती गर्न मन्त्रालय र विभागहरुलाई निर्देशन दिइएको छ । 

२०७९ माघ २९ १३:४७ बजे

प्रतिक्रिया