आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जसम्बन्धी प्रारम्भिक सम्झौता

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २९ १२:५९ बजे
आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच मर्जसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ ।  अब दुवै कम्पनी एकआपसमा गाभिएर आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बन्ने भएको छ ।

आज यी दुई कम्पनिहरु बिच प्रारम्भिक सम्झौता  भएको हो ।  नेपाल बीमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्ष लगायत प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सम्झौता भएको हो । 

सम्झौतामा आईएमईका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।

मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आउँदो विशेष साधारण सभामा लगिने भएको छ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवम् डीडीए रिपोर्ट समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स लि.र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात कायम रहने गरी सम्झौता भएको छ ।  

बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढ्दै गएको तीव्र प्रतिस्पर्धा तथा अवसरलाई ध्यानमा राखेर एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढीभन्दा बढी प्रभावकारी बनाउँदै आफ्ना शेयरधनीहरूलाई समायानुकूल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभिने सम्झौता भएको हो । 

२०७९ माघ २९ १२:५९ बजे

प्रतिक्रिया