शेयर बजार साढे १२ अङ्कले बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २६ १५:३६ बजे
शेयर बजार

काठमाडौं । हिजो बुधवार सात अङ्कले घटेको शेयर बजार आज बिहीवार भने दोहोरो अङ्कले  उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४५ अङ्कले  उकालो लागेको हो । आज नेप्से दुई हजार एक सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ ।

म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनिशकारोबार रकममा भने  गिरावट आएको छ ।  हिजो तीन अर्ब ६९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई सय ५७ वटा कम्पनीका ५६ लाख ४८ हजार कित्ता शेयर दुई अर्ब छ करोड २० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको पाँच करोड ८६ लाख र नबिल बैंकको पाँच करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज बाराही हाइड्रोको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै गुराँस लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

२०७९ माघ २६ १५:३६ बजे

प्रतिक्रिया