फागुनमा निक्षेपको ब्याजदर स्थिर

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २६ १४:०७ बजे
निक्षेपको ब्याजदर

काठमाडौं । फागुनमा निक्षेपको ब्याजदर यथावत  रहने भएको छ । नेपाल बैंकर्स संघले फागुनमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । २६ माघ बिहीबार बिहान बसेको संघको बैंठकले फागुनमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको बैंकर्स संघले जनाएको छ ।

पुससम्म व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर १ माघदेखि ११ प्रतिशतमा झारेका थिए । बाह्य क्षेत्रमा क्रमीक सुधार हुँदै गएको र निक्षेप पनि सुधारोन्मुख भएकोले ब्याजदर यथावत राख्ने निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

निक्षेपको ब्याजदर बढाउनुपर्ने अवस्था नरहेको र ब्याजदर धेरै घटाउँदा सुधार हुदै गएको बाह्य क्षेत्रमा दबाब पर्ने र मौद्रिक नीति समीक्षा पनि आउँदै गरेकोले अहिलेलाई ब्याजदर यथावत राख्ने निर्णय भएको बैंकर्स संघले जनाएको छ । 

हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत रहेको छ । यस्तै बचतको न्यूनतम ब्याजदर ६ प्रतिशत रहेको छ । 

२०७९ माघ २६ १४:०७ बजे

प्रतिक्रिया