वर्गसमन्वय बाट सत्ता प्राप्त हुन्छ र गर्न सकिन्छ भन्ने कुरा दक्षिणपन्थी नारा हो- विमल शर्मा (बामपन्थि नेता)

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २४ १९:३२ बजे
विमल शर्मा

विमल शर्मा  । 

तपाईँहरूले वर्गसङ्घर्षबाट सर्वहारा सत्ता स्थापना गर्ने कुरा गर्नु हुन्छ रु समय र परिस्थिति बदलिदै गएको छ । वर्गसङ्घर्ष कसरी सञ्चालन गर्ने सम्बन्धमा योजना, खाका वा दृष्टिकोण के छ ?

हो तपाईंले ठिक भन्नुभएको छ हामीले वर्गसङ्घर्षको माध्यमबाट सर्वहारा सत्ता स्थापना गर्ने कुरा गर्दछौँ । जहाँसम्म परिस्थिति बदलिएको कुरा गर्नुभएको छ, जुनसुकै परिस्थिति आएपनि मानवले मानवलाई शोषण गर्ने व्यवस्थाको अन्त नहुने समयसम्म एक वर्गले अर्को वर्गलाई शोषण गरिरहने व्यवस्था अन्त्य हुँदैन । त्यसकारण एउटा वर्गले अर्को वर्गलाई शासन गर्ने व्यवस्थाका बिरुद्ध बल प्रयोगको सिद्धान्तलाई छाड्न हुँदैन । वल प्रयोगको सिद्धान्त कम्युनिस्ट क्रान्तिकारीले मात्र होइन । बुर्जुवा वर्गले समेत प्रयोग गरेका छन् । सर्वहारावर्गको सत्ता स्थापनाको लागि बलप्रयोगको सिद्धान्त छाडेर सत्ता स्थापित हुन सक्दैन । वर्ग समन्वयबाट सत्ता प्राप्त हुन्छ र गर्न सकिन्छ भन्ने कुरा दक्षिणपन्थी नारा हो । त्यसैले हामीले बल प्रयोगको सिद्धान्तलाई स्वीकार गरेका छौँ । बलप्रयोग कहिले गर्ने त्यो कुरा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिका साथै पार्टीको आत्मगत स्थिति मजबुत भएपछि अगाडि बढाउन सकिन्छ । केन्द्रीय सत्ता प्राप्त गर्नु पूर्व स्थानीय स्तरमा सत्ता प्राप्त गर्न कुनै संरचना निर्माण गर्नुपर्दछ । विश्व कम्युनिस्ट आन्दोलन र नेपालकै कम्युनिस्ट आन्दोलनका अनुभवहरूबाट हामीले स्थानीय सत्ता निर्माण र सञ्चालनको लागि पाठ सिक्न सक्दछौँ । स्थानीय सत्ता जनआधारित भएर जनताको पक्षमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले कम्युनिस्ट पार्टीको नेतृत्वमा हुनुपर्दछ । स्थानीय सत्ताले जनताको जीवनस्तर सुधार्ने बारेमा कार्यक्रम बनाउन सक्छ । स्थानीय शोषण, दमन र अन्यायका विरुद्धमा सङ्घर्ष सञ्चालन गर्न सक्दछ । विकास निर्माणका कामहरूको अगुवाइ गर्न सक्दछ । समाजमा भए गरेका रुढिगत र गलत परम्पराहरूको विकल्पमा जनवादी र प्रगतिशील संस्कृति निर्माणतिर ध्यान पुर्याउने कैयौँ सामाजिक सुधारका काम गर्न सक्दछ । स्थानीयरूपमा सामूहिक उत्पादन र वितरण प्रणालीको विकास गर्न सक्दछ । बचत तथा सहकारी अभियानलाई अगाडि बढाउन योगदान पुर्याउन सक्दछ । युवाहरूको सीप, श्रम र सृजनशीलतालाई प्रयोग गर्न सक्दछ । स्वयं जनताकै छलफलका बिचबाट न्याय निसाफ हेर्ने काम गर्न सक्दछ । त्यसरी स्थानीय सत्तालाई भविष्यको सर्वहारा वर्गको सत्ताको भु्रणहरूको रूपमा विकास गरेर जान सकिन्छ ।

संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिकालाई अनिवार्य मानिन्छ । संसदीय व्यवस्थाको यो आधारभूत पक्ष हो भनिन्छ । तर गत पौष २६ गते प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस सहित लाइन लागेर प्रचण्डलाई विश्वासको मत दिए । के भएको होला यस्तो ?


संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका पनि महत्वपूर्ण हुन्छ । प्रतिपक्षले सरकारका गलत नीति तथा कार्यहरूको विरोध गर्दै जनतासित बढी भन्दा बढी नजिक हुन चाहन्छ । तर पौष २६ गते साना दुईवटा दलले बाहेक नेपाली काङ्ग्रेसले समेत प्रचण्डलाई प्रधानमन्त्रीमा विस्वासको मत दिएको छ । सायद विश्वको इतिहासमा प्रतिपक्षले प्रधानमन्त्रीमा विश्वासको मत दिएका यस्ता घटनाहरू विरलै पाइन्छ । अहिले सरकारमा गएका विभिन्न पार्टीहरू र नेपाली काङ्ग्रेस जसले आफूलाई प्रतिपक्षमा रहेको बताएको छ यी सबै पार्टीहरूले आम शोषित पीडित जनताको प्रतिनिधित्व गर्दैनन् । प्रतिक्रियावादी र दलालहरूलाई बिदेशी शक्तिहरूले सञ्चालन गरेको हुनाले यो सरकारलाई कसले समर्थन गर्दछन् वा विरोध त्यो बाह्य शक्तिमाथि निर्भर गर्दछ । सत्ता स्वार्थमा लेनदेन मिलाउनका लागि नेपाली काङ्ग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको हुन सक्दछ । सत्ता स्वार्थको प्रतिस्पर्धा अन्तर्गत कसलाई प्रतिपक्षी बनाउने वा नबनाउने खेल बाÞय शक्तिले जोख तौल गर्ने गरिरहेका हुन्छन् । अहिले नेपालमा पनि त्यही भएको हो ।

हामीले भन्दै आएका छौँ शोषित पीडित जनताको लागि संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था हो । कतिपय आफुलाई कम्युनिस्ट बताउने समूह वा व्यक्तिहरूले संसदीय व्यवस्थालाई नै सर्वश्रेष्ठ व्यवस्था मान्दछन् । यो उनीहरूको दक्षिणपन्थी दिशा हो । कसैले यसलाई प्रगतिशील व्यवस्था भनेर पनि मान्दछन् । सामन्ती अधिनायकवादी व्यवस्थामा बुर्जुवा गणतन्त्र प्रगतिशील हुन्छ । तर बुर्जुवा गणतन्त्रवादी व्यवस्था परम्परावादी विचार राख्ने अनुदार उच्च कुलीन वर्गको वा पुँजीपति वर्गले नेतृत्व गरेको छ भने त्यो जनताको पक्षमा नहुने भएकोले यसविरुद्ध सङ्गठित हुने र त्यसलाई उखेलेर फाल्नुपर्छ ।

अहिले हाम्रो देशमा बुर्जुवा गणतन्त्र स्थापित भएको छ । ०६२/६३ को जनआन्दोलनले स्थापित गरेको हो । यसले बुर्जुवा संविधान निर्माण गर्ने र दुई पटक आम चुनाव गरेर गणतन्त्रलाई संस्थागत गरिसकेको छ । सच्चा कम्युनिस्टहरूले यसको संरक्षण गर्ने होइन यसलाई कमजोर बनाउने र नयाँ जनवादी व्यवस्थाको प्रचार प्रसार गर्दै नयाँ जनवादी व्यवस्थाको आधार तयार गर्नुपर्ने आवश्यकता छ ।

 दुईमत विपक्षमा पर्यो । चित्रबहादुर केसी र प्रेम सुवालको । नेपाली काङ्ग्रेसलाई विश्वासको मत दिउँला भनेर साँचेर राखेको मत काङ्ग्रेसलाई दिन नपाएर राष्ट्रिय जनमोर्चा प्रतिपक्षमा बसेको हो भन्ने एकाथरिको मत छ । अर्काथरिको मत चित्रबहादुर केसीले प्रचण्डलाई नै मत दिन खुट्टा उचालेका थिए । मोहन बिक्रमले नमानेपछि बाध्य भएर केसी प्रतिपक्षमा बसे भन्ने पनि सुन्नमा आएको छ । त्यो जेसुकै होस् । तर संसद बाहिरका दलहरूको पनि कम्युनिस्ट आन्दोलनको पक्षमा सृजनात्मक भूमिका भएन भन्ने गुनासो छ नि ?

राष्ट्रिय जनमोर्चाले पछिल्लो समयमा काङ्ग्रेसपरस्त नीति लिइरहेको छ । उसले त्यो नीतिलाई ‘कार्यगत एकता वा सहकार्य’को नीति भनेर भ्रामक व्याख्या गरेको छ । तर वास्तविकता यो हो कि उनीहरूले सत्ता स्वार्थको लागि नै त्यो नीति अवलम्बन गरिरहेका छन् । काङ्ग्रेसजस्तो प्रतिक्रियावादी शक्तिसित एकसिट प्राप्त गर्न चुनावी तालमेल गर्नु र चीनमा बाह्य आक्रमणका बेला माओले च्याङकाइसेकसित सहकार्य गर्नुलाई एकै ठाउँमा राखेर कार्यगत एकताको अपव्याख्या गरिएको छ । मसालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चाहन्थ्यो । किनभने गत निर्वाचनमा उनीहरूको आशीर्वादद्वारा नै एउटा सिट प्राप्त गरेका थिए । त्यो उनीहरूको प्रधानमन्त्रीलाई समर्थन गर्ने सम्झौता अनुसार त भएको थिएन रु तथ्यहरूले त्यस्तै देखाउँछन् । राष्ट्रिय जनमोर्चाले आफुले मित्रशक्ति बताउँदै आएकाहरूलाई टाढा र प्रतिक्रियावादी शक्ति बताउँदै आएकालाई नजिक गराउदैं आएको छ । प्रतिक्रियावादीहरू र विखण्डनवादीलाई नजिक बनाउँदै आएको अलि वर्ष भएको छ । चित्रबहादुर केसीहरूले त्यसैलाई क्रान्तिकारिता बताउँदै आएका छन् । त्यो उनीहरूको दक्षिणपन्थी राजनीति हो । त्यो कुनै कार्यगत एकताको नीतिसित मेल खाँदैन ।

मसालले मधेशवादी सङ्गठनहरूको गठन नेपालमा भारतीय साम्राज्यवादी उद्देश्य पूरा गर्न गरिएको हो भनेर आफ्ना दस्तावेजहरूमा उल्लेख गरेको छ । उनीहरूले सर्वप्रथम तराईलाई नेपालबाट पृथक गराउन चाहन्छन् । उनीहरूको मुख्यउद्देश्य राष्ट्रिय विखण्डन हो भनेर बताएको छ । तर मधेशवादीहरूले सरकारले ल्याएको एउटा प्रस्तावलाई समर्थन गरेकाले उनको ‘भारतीय साम्राज्यवाद’ प्रतिको नीतिमा परिवर्तन भएर मधेशवादीहरूलाई “राष्ट्रियता प्रतिको प्रतिबद्धता” भएको भनेर व्याख्या गर्दछन् । यसले मसालको भारतपरस्त नीतिलाई दर्शाउँछ । मसालका विगत केही समयदेखिका विश्लेषणहरूको अध्ययन गर्ने हो भने मसालको नेतृत्वले प्रतिगमनको विरोध गरेको देखाउँदै प्रतिगमनलाई निम्ताउने योजनामा त लागि रहेको छैन रु शङ्का गर्ने प्रसस्त ठाउँहरू छ ।

तपाईंले प्रश्नमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा चित्रबहादुर र मोहनविक्रम सिंहका अलगअलग विचार थिए । आखिरमा चित्रबहादुर केसीले मोहनविक्रम सिंहको विचारमा बाध्य भएर समर्थन गर्नु प¥यो भन्ने विषयमा मलाई आधिकारिक रूपमा केही जानकारी छैन । तर लामो समयसम्म ती दुवै नेताहरूसित सँगै रहेर काम गरेकाले यति भन्न सकिन्छ चित्रबहादुर केसी अधिकांश विषयमा आफ्नो प्रस्तावमा अडिग रहन सक्दैनन् र आखिरमा मोहनविक्रम सिंहको प्रस्तावमा झुक्दछन् ।

संसद बाहिर रहेका कम्युनिस्ट पार्टीहरूको कम्युनिस्ट आन्दोलनमा सृजनात्मक भूमिका भएन भन्ने जुन प्रश्न छ संसद बाहिर रहेका कम्युनिस्ट दलहरू अरू दलहरूका तुलनामा कमजोर छन् । उनीहरूका नीति, कार्यक्रमहरूको प्रचारप्रसार कम हुने गरेको छ । कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने कार्यहरूबारे जनतामा जुन रूपमा पुग्नु पर्ने हो त्यो स्तरसम्म पुग्न नसकिएको सत्य हो । जनवादी क्रान्तिका लागि प्रचारप्रसार तथा आधारहरू तयार पार्ने कामहरू उल्लेख्यरूपमा हुन सकिरहेका छैनन् । विश्वस्तरमा जस्तै नेपालमा पनि संशोधनवादीहरू हावी छन् । दक्षिणपन्थी संशोधनवादीहरूले आफुलाई कम्युनिस्ट बताएर भ्रम सिर्जना गरिरहेका छन् । संसद भन्दा बाहिर रहेका वामपन्थी क्रान्तिकारीहरूमा पनि टुटफुटले धेरै असर गरेको छ । विचार मिल्ने सङ्गठनहरू आपसमा मिलेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन, सृजनात्मक कामहरू गर्न आपसमा मिल्न सक्ने शक्तिहरू मिलेर सिद्धान्त, नीति र व्यवहारलाई आ–आफ्ना बिचमा छलफल गरेर नजिक हुने प्रकृयाको सुरु भइरहेको छ । त्यसले सार्थकता पाउने छ भन्ने आशा गर्न सकिन्छ ।

तपाइको उमेर समूहका धेरै मानिसले कम्युनिस्ट आन्दोलनमा समय बिताए । नया“ युवा पुस्ताले कम्युनिस्ट आन्दोलन वा राजनीतिप्रति नै कम ध्यान दिने गरेका छन् । नया“ पुस्तालाई राजनीतिमा र कम्युनिस्ट आन्दोलनमा किन आउनु पर्छ भन्नु हुन्छ ?

संसारका युवकहरूको तुलनात्मक अध्यययन गर्ने हो भने युवा शक्तिले नै संसारको परिवर्तनमा अहँ भूमिका खेलेका छन् । चाहे त्यो सकारात्मक होस् वा नकारात्मक । युवा शक्तिले घर परिवार, विकास, नयाँ नयाँ विकासको खोजी र विज्ञानको खोजी गरेर पत्ता लगाएका छन् । उनीहरूलाई त्यो कार्य गर्न समाजले सहयोग पुराउँछ । मुख्य गरेर राज्य व्यवस्थाले युवाहरूलाई सकारात्मक सहयोग पुराउन सकेन भने उनीहरूको उपयोगिताको फाइदा अन्य देशले लिने गर्दछन् जस्तो नेपालमा भइरहेको छ । हाम्रो देशका युवा शक्तिहरूको श्रमलाई सस्तोमा खरिद गरेर विदेशी वा दलालहरूले फाइदा लुटिरहेका छन् । अहिले आएर युवा शक्तिको बौद्धिक विकासलाई समेत शोषण गरेर विदेशी बजारमा उनीहरूलाई घुमाइ रहेका छन् । यस कार्यमा विदेशी प्रतिकृयावादीहरू र हाम्रै देशका सत्तामा रहेका शक्तिको ठुलो हात रहेको छ । देशमा युवाशक्तिलाई दिने शिक्षा र कामगर्ने वातारवण नबनाएपछि बाध्यताले युवा विदेशिनु पर्ने हुन्छ । विदेशमा काममा व्यस्त भएर सङ्गठित हुन नपाए पछि गलत चिजको विरोधगर्ने शक्ति कमजोर हुन्छ ।

खास गरेर युवकहरू शारीरिक दृष्टिले बलिया, सुन्दर, मानसिकरूपले नयाँ विषय जान्नमा उत्सुक, कुनै विषय गलत भन्नेलागेमा त्यसका विरुद्ध लडाकु, उत्पादनको दृष्टिले पनि बढी मेहनत गरेर उत्पादन गर्न सक्ने, साङ्गठनिक दृष्टिले पनि बढी सम्पर्क गर्न सक्ने, गलत कुरालाई भण्डाफोर गर्न सक्ने हुन्छन् । जसरी बलिया, सुन्दर, उत्सुक, लडाकु, बढी काम गर्न सक्ने हुन्छन्, त्यसरी नै आफ्नो मार्गमा ठक्कर लाग्यो भने र असफल भएभने पुनः निरास, शङ्कालु र विपरीत दिशातर्फ फर्कने पनि हुन्छन् । जति समयसम्म स्पष्ट दृष्टिकोण रहँदैन र आफ्नो कर्तव्य र जिम्मेवारीको निम्ति स्पष्ट दृष्टिकोण नहुँदासम्म अगाडि र पछाडि हुने हुँदा सर्वप्रथम त युवाहरूले देश, समाज र जनताको निम्ति सही किसिमको दृष्टिकोण अपनाउनुपर्दछ । पुरानो समाज, संस्कृति र राजनैतिक पक्षलाई राम्रोसँग केलाएर अन्धविश्वास र गलत राजनीति र व्यवहारबाट सतर्क रहनु अनिवार्य छ ।

युवाहरूले आफ्नो पहिचान गर्न सक्नुपर्दछ । नेपाली युवाहरूको काँधमा कति ठुलो जिम्मेवारी आइलागेको छ त्यो सहजै अनुमान गर्न सकिन्छ । युवा शक्ति अरू बाल वा बृद्ध भन्दा जनसङ्ख्यामा बढी छन् । नेपालमा नयाँ राज्य व्यवस्थाको लागि युवा शक्तिको नै भूमिका रहन्छ र रहँदै आएको छ । सही किसिमको दृष्टिकोण र सही राजनीतिमा सङ्गठित छैन भने त्यो युवक जहाँ हुन्छ त्यहाँ अन्याय छ, अत्याचार छ, त्यसैमा सहभागी हुन्छ । उनीहरूले नेपालमा के गर्ने वास्तवमा युवाहरूले त्यही बुझ्न जरुरी छ । नेपालमा किन यस्तो भइरहेको छ रु उद्योगधन्दा किन छैन रु काम किन पाईदैन रु नेपाली जनता किन गरिब छन् रु संसारमा यति विकास हुँदा नेपालमा किन हुँदैन रु यहाँ शोषण, भ्रष्टाचार छ । के शोषणबाट उम्किने बाटो छैन इत्यादि । यी प्रश्नबारे युवाशक्तिले सङ्गठित रूपमा सिक्ने छन् तब जबाफतर्फ लाग्ने छन् । उत्तर मिल्छ शोषणबाट उम्किने बाटो छ । त्यो हो निडर साहसी हुनु, अन्धविश्वासबाट मुक्त हुनु, व्यक्तिलाई देवता मान्न छाड्नु, अध्ययन गर्नु, सङ्गठित हुनु, माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराको पथ प्रदर्शनमा हिंड्नु । देशलाई उन्नत बनाउन र नेपालीलाई मुक्ति दिलाउन कम्युनिस्ट आन्दोलनमा लाग्नुपर्दछ । कुनै कसैले कम्युनिस्टको नाममा गलत ग¥यो भनेर निरासहुने र गलत बाटोतर्फ लाग्नु हुँदैन । युवा शक्तिले समयमा सहीबाटो नसमाते देशको विकास कैयौं वर्ष वा सताव्दी पनि पछाडि पर्न सक्दछ ।

सङ्क्षिप्तमा अहिलेको नेपालको राजनीतिक परिस्थितिको कसरी मूल्याङ्कन गर्नु हुन्छ ?

नेपालको अहिलेको राज्य व्यवस्था मूलरूपमा प्रतिक्रियावादी नै छ । संसारमा सामन्तवादलाई पराजित गरेर पुँजीवादी व्यवस्था स्थापना गरेको धेरै समय भइसकेको छ । तर नेपालमा अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्था कायमै छ । ०६२/६३ को आन्दोलनले गणतन्त्र र धर्मनिरपेक्षतालाई संस्थागत गरेकोले पहिलेको तुलनामा सही नै भएको छ । राष्ट्रिय पुँजीवादको प्रभाव बढेको भए देशको राजनीति अरू सही नै हुन्थ्यो । सामन्तवादलाई कमजोर बनाउने आन्दोलनमा दलाल नोकरशाहीहरूको बाहुल्यता रहेको भएर अहिले उनीहरूनै हावी भएका छन् । अहिलेको व्यवस्था पनि जनताको पक्षमा नभएकोले यसविरुद्ध जनमत तयार गर्नुपर्ने आवश्यकता छ । अहिले नेपालमा कम्युनिस्ट पार्टीहरू शक्तिशाली रूपमा छैनन् । कम्युनिस्ट पार्टीहरू सही र बलिया हुन्थे भने प्रतिक्रियावादी व्यवस्थालाई फाल्न सकिन्थ्यो । नेपालमा प्रतिकृयावादी व्यवस्था बलियो छ कम्युनिस्टहरू कमजोर छन् । त्यसकारण यो अवस्थामा दलालहरू खेलिरहेका छन् ।

लामो समयपछि जनताको सङ्घर्षले नेपालमा गणतन्त्र स्थापना भयो । गणतन्त्र स्थापना भएको पनि करिब १६ वर्ष पूरा भएको छ । प्रतिकृयावादी राज्य व्यवस्थामा आफ्नो सत्ता गुमेकाहरूले बारम्बार यसलाई उल्टाउने प्रयत्न गरिरहेका हुन्छन् । नेपालमा ०४६ साल भन्दा अगाडि निरंकुश राजतन्त्रात्मक व्यवस्था थियो । ०६२ सम्म संबैधानिक बताइएको राजतन्त्र थियो । ०६३ सालमा यो व्यवस्थाले हार खायो र पुँजीवादी गणतन्त्र स्थापना भएको हो । राजालाई सर्वोपरी मानेर सत्ता चलाएकाले पुनः राजतन्त्र फर्काउने प्रयास गरिरहन्छन् । सत्ता गुमेकाहरूले सत्ता प्राप्त गर्न प्रयत्न गरिरहन्छन् । पुँजीवादी शासन चलाउनेहरूले उनीहरूको सत्ता पराजित भएपछि पनि पुनः आफ्नो सत्ता स्थापना गर्न प्रयास गरिरहन्छन् । यस्तै वर्गसङ्घर्षको बाटोबाट नै समाज अगाडि बढ्दछ ।अहिले हाम्रो देशमा राजनीतिमा पुँजीवादी गणतन्त्र संस्थागत भएको छ । सत्ता दलाल नोकरशाही पुँजीपति र सामन्तहरूको हातमा रहेको छ । दलाल पुँजीवाद हावी भएको छ । यो जनताको पक्षमा नभएकोले यसको अन्त्य गर्नुपर्छ ।

कतिपय आफूलाई कम्युनिस्ट बताउने, जनताका पक्षमा बताउने सङ्गठनले वर्तमान व्यवस्थालाई संरक्षण गर्नुपर्ने कुरामा जोड दिन्छन् । आफूलाई कम्युनिस्ट भन्दछन् तर अहिलेको भन्दा अगाडि जाने कुनै योजना, नीति वा कार्यक्रम बनाउँदैनन् । वर्तमान व्यवस्थाभन्दा अगाडि नयाँ जनवादी व्यवस्थाको प्रचारप्रसार, नीति वा योजना बनाउने सङ्गठनहरूलाई विभिन्न आक्षेप लगाएर कमजोर बनाउने काम गर्दछन् । उनीहरू वर्तमान व्यवस्था अन्तर्गतका सुविधाहरू लिन र त्यसैमा रमाउन चाहन्छन् । त्यस प्रकारका विचारले दक्षिणपन्थी विचारको प्रतिनिधित्व गर्दछ । दलाल र नोकरशाहीहरूले नेतृत्व गरेको गणतन्त्रले आम गरिब किसान र मजदुरहरूको पक्षमा काम गर्दैन । जनताको पक्षमा बनाउनको लागि पुँजीवादी गणतन्त्रलाई समाप्त गरेर नयाँ जनवादी क्रान्तिको स्थापना गर्नुपर्दछ । जतिबेलासम्म नयाँ जनवादी क्रान्तिको स्थापना हुँदैन जनताको पक्षमा काम हुन सक्दैन । यस्ता विषयमा, सत्ता परिवर्तनको विषयमा चीनमा माओत्सेतुङले नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि समाजवादमा जाने कुरा गर्ने तर त्यतातिर पाइलोसम्म नचाल्नेहरूलाई दक्षिणपन्थी भनेर बताउनुभएको थियो । त्यस्तै नेपालमा पनि गणतन्त्रलाई संस्थागत गर्ने नाममा दक्षिणपन्थीहरूले जनताको पक्षमा कामगर्ने, अगाडि बढ्न चाहने शक्तिलाई विभिन्न बाधा अडचन गर्ने गरेका छन् ।

अहिलेको परिस्थितिमा कम्युनिस्ट पार्टीको भूमिका कस्तो हुनुपर्दछ ?

अहिलेको विश्वपरिस्थिति भनेको साम्राज्यवादले प्रभुत्व कायम गरेको अवस्था हो । सबै देशका कम्युनिस्टहरूले सर्वप्रथम विश्वस्तरमा साम्राज्यवादको विरुद्धमा एकजुट भएर सङ्घर्ष चलाउनुपर्दछ । साम्राज्यवादले आफ्नो योजनालाई भूमण्डलीकृत गर्दै गइरहेको छ । यसको नेतृत्व अमेरिकाले गरेको छ । अमेरिकी साम्राज्यवादका विरुद्धमा अन्य साम्राज्यवादी शक्तिले पनि आफ्नो प्रभुत्व कायम गर्न चाहिरहेका छन् । यो अवस्थामा सबै साम्राज्यवादी शक्तिहरूको विरुद्धमा आन्दोलनलाई उठाउनुपर्छ । साम्राज्यवाद विरुद्धको आन्दोलनलाइ अगाडि बढाउँदै आफ्नै देशका प्रक्रियावादीहरू र साम्राज्यवादका दलालहरूका साथै विस्तारवादका विरुद्ध पनि सङ्घर्षलाई जारी राख्नुपर्दछ । साम्राज्यवाद, विस्तारवाद र तिनका दलालहरूका विरुद्ध सङ्घर्ष गर्नु र उनीहरूले विश्वका शोषित पीडित जनतामा पारेको असरबारे जनतालाई सचेत बनाउँदै लैजानुपर्दछ । विश्व स्तरमा साम्राज्यवाद र विस्तारवादका विरुद्ध सङ्घर्षलाई अगाडि बढाउन कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय संगठन आवश्यकता पर्दछ । आफ्नै देशका प्रतिक्रियावादीहरूका विरुद्ध सङ्घर्षलाई अगाडि बढाउन पनि राष्ट्रिय स्तरमा प्रतिकृयावाद विरोधी मोर्चाको आवश्यकता छ । विश्व स्तरमा र आफ्नै देशहरूमा साम्राज्यवाद, प्रतिकृवादीहरू र तीनका दलालहरूका विरुद्ध सङ्घर्ष गर्नलाई कम्युनिस्टहरूले मात्र होइन साम्राज्यवाद विरोधी देशभक्तहरूको समेत मोर्चा बनाउन आवश्यक हुन्छ ।

अहिलेको निर्वाचनबाट देशमा खिचडी सरकार बनेको छ । यसले जनताको पक्षमा कामगर्ने सम्भावना छैन । सामान्यत सुधारका कामहरूलाइ देखाएर आप‍नो अस्तित्व कायम गर्ने प्रयत्न हुने छ । विभिन्न विचार र आस्था देखिएका समूहले खिचातानीलाई प्राथमिकता दिएर सरकार बनाउने र ढाल्ने प्रयत्न जारी राख्ने छन् । यस्तो अवस्थामा कम्युष्टिहरूले उनीहरूको कुकृत्यलाई जनता सामु प्रष्टाउने र उनीहरूका विरुद्ध जनताले उठाउने सङ्घर्षको नेतृत्वगर्न सक्षम बन्नुपर्दछ ।

कम्युष्टिहरूले  आफ्नोनो सङ्गठनलाई अनुशासित र व्यवस्थित नगरिकन बलियो बनिदैन । आफु बलियो बन्ने र शक्ति आर्जन गर्न मिल्नसक्ने सिद्धान्त, विचार र व्यवहारलाई लागु गर्दै राष्ट्रियता जनतन्त्र र जनजीविकाको लागि देशभक्त, वामपन्थी क्रान्तिकारीहरूले सङ्घर्षलाई अगाडि बढाउनुपर्दछ ।हाकँ बाट

२०७९ माघ २४ १९:३२ बजे

प्रतिक्रिया