नेप्सेले छलाङ मार्दा यी कम्पनीहरूले कमाए सर्वाधिक

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २४ १५:१७ बजे
सेयर बजार

काठमाडौं । केही दिन यता ओरालो यात्रामा रहेको सेयर बजारमा आज हरियाली छाएको छ । कारोबारको तेस्रो दिने आज नेप्से भारी अङ्कले उकालो लागेको छ । नेप्से आज ७६.६४ अङ्कले उकालो लागेको हो । आज बजार उकालो लागेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । 

 नेप्से आज ३.६५ प्रतिशतले उकालो लागेर २१७७.३४ विन्दुमा पुगेको छ । आज  बजार सुरुदेखि नै उकालो लागेको हो ।  आज बजार उकालो लागेसँगै ३३६ करोड बराबरको कारोबार भएको छ । 

आज सबैभन्दा धेरै कमाउनेमा  बरुण हाइड्रो पावर, खानीखोला हाइड्रो पावर, राडि विद्युत कम्पनी र आदर्शश लघुवित्त वितिय स‌स्था रहेका छन् । आज यि कम्पनीहरुकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज गुमाउनेमा  आइसीएफसी डिवेन्चर, एभरेष्ट बैक लिमिटेड रहेका छन् । 

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावरको ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधकि ६.२५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

२०७९ माघ २४ १५:१७ बजे

प्रतिक्रिया