१४ औ कपिलवस्तु महोत्सवका लागि निमन्त्रणा कार्ड हस्तान्तरण

bimbonline बाबुराम आचार्य
२०७९ माघ २४ ११:३९ बजे
१४ औ कपिलवस्तु महोत्सव

कपिलवस्तु । उद्योग व्यापार सङ्घ कपिलवस्तुले १३ औं कपिलवस्तु महोत्सवको अवसरमा सम्पूर्ण स्टलहरुको अनुगमन गर्दै निमन्त्रणा कार्ड हस्तान्तरण गरेको छ । ’राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र , राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ भन्ने मूल नाराका साथ सञ्चालन हुने १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रर्दशनी २०८० का लागि सहभागिता हुन सम्पूर्णमा निमन्त्रणा गरेको छ । 

कपिलवस्तुको पहिचानको रुपमा रहेको कपिलवस्तु महोत्सव कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ स्थित बुद्ध रङ्गशालामा सञ्चालन भैरहेको अवसरमा महोत्सव स्टलका व्यापारीहरूलाई उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को संयोजकत्वमा स्टलका सम्पूर्ण व्यापारीहरूलाई निमन्त्रणा दिइएको हो । संघ को नबौँ बैठक ले तय गरे अनुसार  संघले आउँदो वर्ष अर्थात २०८० साल मंसिर ८ गते देखि १९ गते सम्म बुद्ध रङ्गशाला जितपुरमा आयोजना गरिने भन्दै उद्योग व्यापार संघले अहिले देखि नै राय सुझाव लिँदै आएको संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताउनु भयो । 

निर्धारित समयमा हामिले कसरी महोत्सब सम्पन्न गर्ने भन्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने छ । सबैका राय सुझाब लिदै अहिलेदेखी नै तयारी गर्न सकियो भने सबैलाइ समेट्न सकिने उद्योग व्यापार संघको भनाई छ । सबैले आआफ्नो राय सुझाब दिनुहुन पनि उद्योग व्यापार सङ्घ कपिलबस्तु सबैसङ्ग अनुरोध गर्दछ । महोत्सब लाई ब्यबस्थित एबम सफल बनाउन केके कुरामा ध्यान दिनु आबस्यक छ सो सम्बन्धमा सबैको राय सुझाब सल्लाह सहयोग साथ र सहकार्यको अपेक्षा उद्योग व्यापार संघ कपिलवस्तुका संरक्षक समेत रहनु भएका नेपाल उद्योग ब्यापार महासंघ का केन्द्रिय सचिवालय सदस्य टोपनारायण बेल्बासे को भनाइ रहेको छ ।

हामी सँग महोत्सव सञ्चालन का धेरै अनुभव भएका साथिहरुको टिम छ , हामी महोत्सव लाई पृथक एवम् कपिलवस्तु को पहिचान को रुपमा अगाडि बढाउन सम्पूर्ण व्यावसायिक संघ स‌स्था , स्थानीय सरकार , प्रदेश सरकार तथा केन्द्रिय सरकार सँग समेत सहकार्य गर्दै महोत्सव को आयोजना गर्ने छौ , महोत्सव हामी सबैको हो भन्ने गराउनेमा विश्वस्त छौ , नेपाल उद्योग ब्यापार महासंघ का केन्द्रिय सदस्य समेत रहनु भएका निवर्तमान अध्यक्ष हुमनाथ पौडेल को भनाइ छ ।

भर्खरै मात्र प्रथम अधिवेशन गरेको उद्योग ब्यापार संघ कपिलवस्तु जिल्ला स्तरीय व्यावसायिक स‌‌स्था हो , करिब ४०० सदस्य रहेको संस्थामा विभिन्न संस्था लामो अनुभव भएका ब्यावसायिहरुको टिम रहेको छ ।

२०७९ माघ २४ ११:३९ बजे

प्रतिक्रिया