आज सामान्य अंकले ओरालो लाग्यो नेप्से

आज सामान्य अंकले ओरालो लाग्यो नेप्से

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २५ १५:३९ बजे
काठमाडौं । लगातार तेस्रो दिन आज  पनि नेप्से ओरालो लागेको छ ।  आज  सेयर बजार परिसुचक नेप्से  ५.११ अंकले ओरालो लागेको  हो  । हिजो  भने नेप्से उच्च  अंकले ओरालो लागेको हो । आज नेप्से सामान्ष्य अंकले  ओरालो लागेसँगै२०५७ .६८ विन्दुमा पुगेको छ ।
आज उत्पादन र लगानीबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । आज  नेप्से सँगै कारोबार रकममापनि  गिरावट आएको छ ।  दुई सय १८ वटा कम्पनीको ४६ लाख ४० हजार कित्ता शेयर एक अर्ब ९३ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले घटेको छ । यस्तै हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स, लक्ष्मी लघुवित्त, कर्णाली विकास बैंक, मञ्जुश्री फाइनान्स र रिभर फल्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि हिमालयन हाइड्रोपावरको शेयर भने १० प्रतिशतले बढेको छ ।
२०७९ साउन २५ १५:३९ बजे

प्रतिक्रिया