निगमले बढा्यो पेट्रोलियम पदार्थको मूल्य

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २४ ०७:३३ बजे
पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मुल्य बढाएको छ । निगमले प्रतिलिटरमा तीन÷तीन रुपियाँले  पेट्रोल र मट्टीतेलको मुल्य बढाएको  हो ।   निगमले सोमबार राति १२ बजे देखि लागू हुने गरी मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्राल प्रतिलिटर १७८ रुपियाँ, डिजेल÷मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुुगेको छ । खाना पकाउने एलपीजी ग्यास  र हवाई इन्धनको मूल्य भने यथावत्  रहेको छ । 

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले १ फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ मूल्य बढेर आएको थियो । सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गरिएको निगमले  जनाएको छ  ।

२०७९ माघ २४ ०७:३३ बजे

प्रतिक्रिया