रास्वपाको सरकारबाट बाहिरीने निर्णयबारे प्रधानमन्त्रीको प्रतिक्रिया रविसँग फेरि भेटेर कुरा गर्छु

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ १९:१२ बजे
प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले  सरकारबाट बाहिरीने निणर्य गरेको छ । रास्वपाको निर्णयबारे बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय  गरे पनि समर्थन भने फिर्ता  नलिने भएको छ । 

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै  प्रधामन्त्री प्रचण्डले भने  'मैले उहाँहरूले गरेको पूरै निर्णय हेर्न पाएको छैन, भर्खरै सुनेँ । मैले बिहान उहाँसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ताचाहिँ होइन, मन्त्रीहरू बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो ।'

‘राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो’ उनले भने, ‘अदालतको निर्णय पछि पक्कै पनि उहाँहरुलाई केही असहज त भएकै थियो । अब उहाँसँग (रवि लामिछाने) फेरि भेटेर कुरा गर्छु ।’

२०७९ माघ २२ १९:१२ बजे

प्रतिक्रिया