भारतीय तरकारीका कारण आफूले फलाएको तरकारी नबेचिएपछि ...

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २० १४:४७ बजे
आफूले फलाएको तरकारी नबेचिएपछि ...

काठमाडौं। चितवनका किसानले नारायणगढका सडकमा तरकारी फालेर
 विरोध जनाएका छन् । किसानहरूले उत्पादित तरकारी बिक्री नभएको भन्दै 
 सडकमा फालेर विरोध गरेका हुन् । भारतीय तरकारीले नेपाली तरकारी बजार विस्थापित गरेको भन्दै किसानहरूले शुक्रबार विरोध स्वरुप नारायणगढको पुलचोकमा  तरकारी फालेका हुन् ।


समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरूको  रहेको छ ।  पश्चिम चितवनका किसान कृष्णराज पराजुलीले उत्पादित तरकारी बिक्री गर्न नसकेपछि बाध्य भएर सडकमा पाल्नुपरेको गुनासो  गरे । 

पूर्वी चितवन खैरहनीका किसानहरूले पूर्ण  उत्पादित तरकारीको लागत मूल्यसमेत नउठेको बताएका छन्  । “खाडीमा जाउँ भने उमेर छैन बारीमा जाउँ भने लागत उठ्दैन ।,” एक जना किसानले भने । बिचौलियाहरूको कारणले गर्दा आफूहरूले फ लाएको तरकारी बेच्न गाह्रो भएको किसानको गुनासो रहेको छ । 

अहिले किसानको बोटबाट बन्दा पाँच रुपियाँ, फूल काउली १० रुपियाँ, गाँजर पाँच रुपियाँमा पनि बिक्री गर्न गाह्रो भएको  किसानको भनाइ रहेको छ । 


२०७९ माघ २० १४:४७ बजे

प्रतिक्रिया