निर्धन उत्थान र लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १९ ०९:४६ बजे
निर्धन उत्थान र लुम्बिनी जनरल इन्स्योरेन्स

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २४ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । लघुवित्तले फागुन १२ गते बिहान १० बजे, लघुवित्तको केन्द्रिय कार्यालय नक्सालमा सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने ४१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २ करोड १९ लाख ५० हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

लाभांश र मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले साधारण सभा 

लाभांश तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले  पनि वार्षिक साधारण सभा  डाकेको छ । कम्पनीले फागुन ११ गते बिहीबार, बिहान १० बजे, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा १८ औं वार्षिक साधारण सभा  डाकेको हो । 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६.९९ प्रतिशतले हुन आउने ९ करोड १७ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशतले हुन आउने ४८ लाख २९ हजार रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।

यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर सम्बन्धी भएको अन्तिम सम्झौतालाई अनुमोदन गर्ने तयारी पनि गरेको छ । मर्जर पश्चात बन्ने कम्पनीको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम गर्ने । प्रबन्धपत्र नियमावली मू.अ.क दर्ता प्रमाणपत्र, बीमकको इजाजतपत्र नम्बर समेत साविक सगरमाथा इन्स्योरेन्सको कायम रहेने प्रस्ताव पारित पारित गर्नेछ ।

दुई कम्पनी एक आपसमा गाभिए पश्चात डिडिए मूल्यांकन प्रतिवेदनको आधारमा कायम हुन आएको सगरमाथाको १०० कित्ता बराबर लुम्बिनी जनरलको ८० कित्ता कायम हुने गरी स्वाप रेशियोलाई स्वीकृत समेत गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज बन्द गर्ने जनाएको छ । त्यस अनुसार माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् । 

साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले फागुन २ गते देखि १२ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार फागुन १ गतेसम्म कायम शेयरधनीले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश पाउनेछन् ।

२०७९ माघ १९ ०९:४६ बजे

प्रतिक्रिया