चालू आव २०७९/८० को पुस मसान्तसम्ममा मधेश प्रदेशमा आठ प्रतिशत मात्रै खर्च

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १९ ०९:१० बजे
मधेश प्रदेश

काठमाडौं । मधेश प्रदेश सरकारले चालू आव २०७९र८० को पुस मसान्तसम्ममा कुल विनियोजित बजेटको खर्च रकम निकै कम रहेको छ ।  मधेश  प्रदेशले विनियोजितबजेटको ८ प्रतिशत मात्र खर्च भएको छ । 

मधेश प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीले मधेश प्रदेश सरकारले छ महिनामा चालू तथा पुँजीगत खर्च गरेर तीन अर्ब ६६ करोड ९५ लाख रुपियाँ खर्च भएको जनाएका छन् । यसअनुसार बाँकी छ महिनामा ४३ अर्ब २१ करोड १३ लाख ८० हजार ३२९ रुपियाँ खर्च गर्न सक्नुपर्ने देखिएको छ ।

चालू आर्थिक वर्षमा मधेश प्रदेशको कुल बजेट ४६ अर्ब ८८ करोड नौ लाख रुपियाँ छ, जसमध्ये चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपियाँ रहेको छ । वित्तीय व्यवस्थापनतर्फ १६ करोड ६४ लाख ५६ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । 

खर्च भएको रकममध्ये अधिकांश बजेट चालूतर्फको छ जसमा कर्मचारीको तलब, भत्ता तथा कार्यालय सञ्चालन समावेश हुन्छ । 

२०७९ माघ १९ ०९:१० बजे

प्रतिक्रिया